सडक कालोपत्र गर्ने अभियानमा सर्वसाधारण
पथरी (मोरङ), – पथरी शनिश्चरे नगरपालिकाका बासिन्दा सडक कालोपत्र गर्ने अभियानमा लागेका छन् ।
पथरी शनिश्चरेको वडा नं ९, १० र १५ जोड्ने करिब एक किलोमिटर सडक स्थानीयवासी र सरकारको आर्थिक सहयोग तथा श्रमदानबाट कालोपत्र गर्ने काम भइरहेको हो ।
पथरी शनिश्चरे नगरपालिका घोषणा भएसँगै नगरवासीको विकास निर्माणका काममा सहभागिता बढेको हो । अहिले स्थानीय जनताको सक्रियतामा डोजर लगाएर नालीसहित ३३ फिट चौडा बाटो बनाउने काम भइरहेको छ । यसका लागि उपभोक्ताबाट रु ३० लाख र सहरी विकास मन्त्रालयबाट रु ३० लाख गरी जम्मा रु ६० लाख बराबरको सहयोग जुटाइएको उपभोक्ता समितिका अध्यक्ष ऋषिराज पौडेलले बताए ।
सडक फराकिलो बनाउने क्रममा जग्गाधनीले आफ्नो जग्गाको क्षेत्रभित्र लागेको रकम स्वयम्ले तिर्ने व्यवस्था गरिएको छ । आफ्नो जग्गाभित्रको प्रतिफिट ७०० रुपैयाँ का दरले रकम उठाइएको छ ।
आठ सय मिटर लम्बाइ रहेको उक्त सडक निर्माण भइसकेपछि पथरी शनिश्चरे नगरपालिकाको वडा नं ९, १०, १५ र बयरवन गाविसका केही वडाका बासिन्दा लाभान्वित हुने अध्यक्ष पौडेलले जानकारी दिए ।
आगामी जेठ मसान्तसम्म निर्माण कार्य सक्ने लक्ष्य छ । यसका लागि पौडेलकै अध्यक्षतामा निर्माण समितिसमेत गठन गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
-
अमेरिका र इरानबिचको तनाव शुक्रबार पनि कायमै
-
वर्तमान सरकारले दुई तिहाइको चमत्कार देखाउन सकेन: प्रभु साह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण