शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

जन्म दिने आमाप्रति समेटिएको सुरजको ‘आमा’ अब बजारमा (भिडियोसहित)

शुक्रबार, १२ चैत २०७२, ०७ : ४४
शुक्रबार, १२ चैत २०७२

काठमाडौँ – विगत केही सयमदेखि लोक सांगितिक क्षेत्रमा क्रियाशिल तथा संघर्षरत गायक तथा सञ्चारकर्मी सुरज आचार्यको नयाँ गीत ‘आमा’ बजारमा आएको छ । जन्म दिने आमाप्रति सम्मान भाव राख्ने शब्दहरु समेटिएको गीत अघिल्ला केही गीतको अपार सफलतापछि यो गीत बजारमा आएको छ ।

‘दश धारा आमाको दुधको मुल्य सायदै केहिसँग तुलना गर्न सकिन्न । आमाको सन्तानप्रतिको माया अनि बुढेसकालको लाठि छोराहरुले आमाका निमित्त गर्न सक्ने त्याग र दुख बिचको आमाको मायाको भावलाई भिडियोले उठान गर्छ’ कलाकार आचार्यले जानकारी दिए ।

सुरज आचार्यको शब्द, स्वर र करण तामाङ्गको लयमा रहेको गीतमा लामो समयदेखि रंग क्षेत्रमा स्थापित ५० भन्दा बढी चलचित्रमा अभिनय गरिसकेकी रंगकलाकर मिश्री थापासँगै सुरज आचार्य र मिलन भुजेलको समेत अभिनय उक्त भिडियोमा रहेको छ ।

गीतमा काठमाडौंका विभिन्न ठाउँमा छायांकन गरिएको छ । गीत अभय सापकोटाको निर्देशन र रेशम अधिकारीको छायांकन रहेको छ भने जनता डिजिटलले बजारमा ल्याएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप