शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

झापामा १७८ वटा कुकुरको बन्ध्याकरण

शुक्रबार, १२ चैत २०७२, ०७ : ४७
शुक्रबार, १२ चैत २०७२

सुरुङ्गा (झापा), – एक ७८ वटा कुकुरको बन्ध्याकरण गर्दै बिर्तामोड नगरपालिकाले कुकुर बन्ध्याकरण शिविर सम्पन्न गरेको छ ।

छाडा छोडिएका कुकुरका कारण दिन प्रतिदिन नगर क्षेत्रमा समस्या उत्पन्न भएपछि कुकुरको निःशुल्क बन्ध्याकरण शिविर सुरु गरिएको हो ।

गत चैत ६ गतेदेखि सुरु गरिएको शिविर बिहीबारसम्म सञ्चालन भएको बिर्तामोड नगरपालिकाका कार्यकारी अधिकृत रवीन्द्रप्रसाद वस्तीले बताए ।

जिल्ला पशुसेवा कार्यालय झापा र हार्ट नेपाल पोखराको सहकार्यमा सञ्चालित शिविरमा बन्ध्याकरण गरिएका कुकुरलाई जुकाको औषधि र रेबिजविरुद्धको सुई पनि दिइएको नगरपालिकाका प्रशासन शाखा प्रमुख मेघराज वास्तोलाले बताए ।

शिविरमा आयरल्यान्डकी नागरिक डा मिसालसहित १४ जना विशेषज्ञको टोलीले सेवा दिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप