चुलाचुली गाविसमा दुई जना औलो रोगी
इलाम–दक्षिणी इलामको चुलाचुली गाविसमा दुई जना औलो रोगी भेटिएका छन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जिल्ला स्वास्थ्य कार्यालय इलामको समन्वयमा झापासँग सिमाना जोडिएका चुलाचुलीसहित बाँझो, दानावारी, महमाई र चिसापानी गाविसमा औलो रोगबारे गरेको सर्भेक्षणको क्रममा दुई जना औलो रोगी भेटिएका हुन् ।
पाँच सदस्यीय विशेषज्ञको टोलीले चैत ३ गतेदेखि पाँच दिनसम्म सर्भेक्षणमा खटिएको थियो । सर्भेक्षणका क्रममा औलो रोग लागेका बिरामीको अवस्थाबारे जानकारी लिइनाका साथै रोग नियन्त्रणका उपाय बारेमा पाँच गाविसमा रहेका मावि तथा उच्च मावि तहमा अध्ययनरत विद्यार्थीलाई प्रशिक्षणसमेत दिइएको थियो ।
सर्भे टोलीका सदस्य तथा जिल्ला स्वास्थ्य कार्यालय इलामका भेक्टर कन्ट्रोल सुपरभाइजर विमल बरालका अनुसार दानावारी १, ६, ९, महमाई ७, ८, चुलाचुली १, ५, ६, ८ तथा बाँझो ८ मा सर्भेक्षण गरिएको थियो । सन् २०१२ मा विश्व स्वास्थ्य सङ्गठनले पनि इलाममा औलो रोगको सर्भेक्षण गरेको थियो ।
सो क्रममा दानावारी, महमाई र बाँझो गाविस औलोको उच्च जोखिममा रहेको देखाएको थियो । औलो रोगी भेटिएका गाविसमा विशेष कार्यक्रम थाल्न मन्त्रालयको सर्भे टोलीले जिल्ला स्वास्थ्य कार्यालयलाई निर्देशनसमेत दिएको छ ।
स्वास्थ्यको कार्यालयको तथ्याङ्कअनुसार चुलाचुलीमा दुई जनासहित कन्याम र चिसापानीमा गरी जम्मा चार जना औलो रोगी छन् । औलो रोग एनोफिलिस जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने एउटा सरुवा रोग हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकमाथि छलफल गर्न अर्थ समितिको बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
-
अमेरिका र इरानबिचको तनाव शुक्रबार पनि कायमै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण