‘तीन ह्यारी कहानी थरीथरी’ भन्दै आङकाजीले लेखे स्ट्याटस
काठमाडौं–सामाजिक सञ्जालमार्फत भ्रामक समाचार पोष्ट गरेको भन्दै भदौ १५ गते जनजाती संघका पूर्व महासचिव आङकाजी शेर्पालाई प्रहरीले पक्राउ गरेको थियो । महानगरीय प्रहरी अपराध महाशाखाले उनलाई बौद्वबाट पक्राउ गरे पनि धरौटीमा रिहा भएको केही दिनमै उनको पक्षमा अदालतले फैसला सार्वजनिक गरेको छ ।
चैत ७ गते उनको पक्षमा अदालतले फैसला सार्वजनिक गरेको हो ।
नेपाल भ्रमणमा रहेका बेलायती राजकुमार ह्यारीले नेपालमा गरेको कामको प्रशंसा गर्दै उनले फेरी सामाजिक सञ्जाल फेसबुकमा अर्को स्ट्याटस राखेका छन् । तीन ह्यारी कहानी थरीथरी भन्दै उनले फेसबुकमा स्ट्याटस राखेका हुन् ।
३ ह्यारी कहानी थरीथरी (1) बेलायतको ह्यारी भुकम्प पीडित नेपालीको साथमा (2) ज्ञानेन्द्रको ह्यारी हिरोइन सहित हतकडी हातमा(3) प्रचण्डको ह्यारी मदीराको मस्त नसामा Posted by Ang Kaji Sherpa on Thursday, March 24, 2016
फेसबुकमा उनले बेलायतको ह्यारी नेपाली भूकम्प पीडितको साथमा, ज्ञानेन्द्रको ह्यारी हिरोइनसहित हत्कडीको हातमा र प्रचण्डको ह्यारी मदिराको मस्त नशामा लेखेका छन् ।
तीनै जनाको फोटोसहित उनले यो स्ट्याटस राखेका हुन् ।
त्यस्तै, मार्च २० गते आफूले मुद्दा जितेको भन्दै उत्पीडित, आदिवासी, मधेसी, थारु, मुस्लीमका पक्षमा आवाज बुलन्द गर्ने भन्दै उनले फेसबुकमा स्ट्याटस पनि राखेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
-
अमेरिका र इरानबिचको तनाव शुक्रबार पनि कायमै
-
वर्तमान सरकारले दुई तिहाइको चमत्कार देखाउन सकेन: प्रभु साह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण