दुई महिलाले सघाए भूकम्पपीडितलाई
शुक्रबार, १२ चैत २०७२, ०८ : ४५
पोखरा– यहाँका दुई समाजसेवी महिलाले रु २० लाख ७० हजार ९१३ सङ्कलन गरी भूकम्पपीडितलाई वितरण गरेका छन् ।
समाजसेवी द्वय रुद्रकुमारी गुरुङ र लक्ष्मीदेवी गुरुङले विदेशमा रहेका आफन्तसँग सम्पर्क गरी सहयोग जुटाएर वैशाख १२ र २९ गते गएको भूकम्पबाट घर क्षति भई उठीबास भएका पीडितहरुलाई नगद र जिन्सी सहयोग गरेको बिहीबार यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।
अमेरिका, बेल्जियम, नर्वे, बेलायतमा बस्दैआएका नेपाली र स्थानीय सहयोगदाताबाट लक्ष्मीदेवीले रु १० लाख ७३ हजार ४०५ र रुद्रकुमारीले रु नौ लाख ९७ हजार ५०८ सहयोग सङ्कलन गरेका थिए ।
भूकम्पबाट बढी क्षति भएका गोरखा, धादिङ, लमजुङ, तनहुँ र सिन्धुपाल्चोकका भूकम्पपीडितलाई उहाँहरु आफै ती ठाउँमा गई रकम वितरण गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
-
अमेरिका र इरानबिचको तनाव शुक्रबार पनि कायमै
-
वर्तमान सरकारले दुई तिहाइको चमत्कार देखाउन सकेन: प्रभु साह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण