शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

मैत्रीपूर्ण खेलमा स्पेन इटाली बराबर

शुक्रबार, १२ चैत २०७२, ०९ : ४५
शुक्रबार, १२ चैत २०७२

काठमाडौं – एथ्लेल्टिक बिल्बाओका भेटरान स्ट्राइकर आरिज अडुरिजले स्पेनका लागि दोस्रो अन्तर्राष्ट्रिय खेलमा गोल गरेपछि स्पेन र इटालीबीचको मैत्रीपूर्ण खेल बराबरीमा टुंगिएको छ । बिहिबार राती भएको खेलमा इटालीले काउन्टर अट्याकमा नापोलीका विंगर लोरेन्जो इन्सिग्नेको गोलको मद्दतले खेलको ६७ औं मिनेटमा अग्रता लिएको थियो । तर, त्यसको तीन मिनेटपछि नै अडुरिजले गोल फर्काउँदै डिफेन्डिङ युरोपियन च्याम्पियनलाई बराबरीमा फर्काए । यस सिजन आफ्नो क्लबका लागि उनले ३१ गोल गरिसकेका छन् । ६ वर्षअघि स्पेनका लागि डेब्यु गरेका अडुरिजको यो मात्र दोस्रो शुरुवात हो । युरो २०१६ को तयारी खेलको रुपमा लिएको यस खेलमा त्यसपछि कुनै गोल हुन सकेन र १–१ को बराबरीमा टुंगियो । स्पेन क्राएिसिया, चेक रिपब्लिक र टर्कीसँग समूह डि मा रहेको छ भने ग्रुप ई मा इटली, बेल्जियम, रिपब्लिक अफ आयरल्याण्ड र स्वीडेन रहेको छ । हिजो भएका अन्य मैत्रीपूर्ण खेलमा युक्रेनले साइप्रसलाई १–० ले हरायो भने टर्कीले पनि स्वीडेनमाथि २–१ को जीत निकाल्यो । आइसल्याण्ड भने डेनमार्कसँग २–१ ले पराजित बन्न पुग्यो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप