भेनिसा लिम्बु हत्या प्रकरणमा नयाँ मोड : एउटै बेडमा दुईजनाको सेक्स प्रस्ताव अस्विकार गर्दा ...
यसरी पत्ता लाग्यो, भेनिसा लिम्बुको हत्यारा काठमाडौं– उमेरले २० टेकेकी भेनिसा लिम्बुले प्लस टु सकेकी थिइन् । कपन बस्थिन्, चावहिलको हेरिटेज हाईस्कुलमा पढाउँथिन् । धनकुटा स्थायी घर भएकी भेनिसाका बा–आमा त्यतिबेला काम विशेषले धरान गएका थिए । कुरा गत फागुन ८ गतेको हो । उनी भाई, बैनी र एउटी दिदीको साथमा काठमाडौंमै थिइन् ।
फागुन १० गते महानगरीय प्रहरी अपराध महाशाखामा एउटा उजुरी आयो जसमा भेनिसा लिम्बु हराएको भन्दै खोजबिनका लागि अनुनय गरिएको थियो । उमेर पुगेको र पढे लेखेको युवती हराउनु सामान्य कुरा थिएन ।
अपराध महाशाखाले उपत्यकाभरीका वृत र प्रभागहरुमा थुनामा रहेका युवतीहरुको विवरण खोजी गर्न थाल्यो । तर, कतैपनि भेनिषाकै हुलिया भएका युवतीहरु पक्राउ परेको पाइएन् । त्यतिन्जेल महाशाखाले डिएसपी दिपक रेग्मीको नेतृत्वमा भेनिसाबारे अनुसन्धान गर्न टोली बनाइसकेको थियो ।
फागुन १४ गते बिहान करिब ११ बजे भक्तपुर प्रहरीबाट एउटा खबर आयो, ‘नगरकोट नगरपालीका–११ को मनपोखरीस्थित बाँसघारीमा एक महिलाको शव फेला परेको छ ।’ मनपोखरीका स्थानीयले बाँसको झाँङ नजिकै सामान्य रुपमा छोपिएकोे शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । सोही सुचना जिप्रका भक्तपुर हुँदै अपराध महाशाखा टेकु पुगेको थियो । खबर पाउनासाथ डिएसपी रेग्मी नेतृत्वको महाशाखाको टोली मनपोखरीस्थित बाँसको झाङमा पुग्यो । ‘शव हेरेर घटनास्थलको मुचुल्का गरेपछि त्यहिँबाट महिला हराएको उजुरी कता–कता छ भनेर रिले गर्यौं’ डिएसपी रेग्मीले भने, ‘प्रहरी वृत बौद्धबाट एक महिला हराएको खबर अयो ।’
प्रहरीले भेनिसाको शवलाई टिचिङ हस्पिटल लग्यो । अपराध महाशाखा र बौद्धमा आएको उजुरीका आधारमा प्रहरीले आफन्तलाई खबर गरे । टिचिङमा भेनिसाको शवको सनाखद गरियो ।
भेनिसाको साथमा परिचय खुल्ने काजग–पत्र केही थिएन् । उनको बाँयातिरको हर पुरै भाँचिएको थियो, कम्मरको गेडी खुस्किएको थियो । बाँसका बुट्टहरुले छोपिएकी भेनिसा टि–सर्ट र पाईन्ट लगाएर पल्टिएकी थिइन् । उनको शव नगरकोट जाने मुल सडकबाट करिब पाँच मिटर तल भेटिएको थियो ।
पोष्टमार्टमका क्रममा उनको शरिरमा भित्री कट्टु नभेटेसँगै प्रहरीले अनुमान गरिसकेको थियो ‘यो सेक्स दुर्घटना हुनुपर्छ ।’ बाँयातिरको हर भाँचिएको र गेडी खुस्किएको देख्दा अग्लो भागबाट खसालेको वा खसेको पत्ता लगाउन प्रहरीलाई धेरै समय लागेन् ।
ब्वाईफ्रेन्ड खोज्दै जाँदा... शवको पोष्टमार्टम गरि नसक्दै प्रहरीले भेनिसाको ब्वाइफ्रेन्ड खोज्न थालिसकेको थियो । ‘खसेको, खसालेको, सेक्स दुर्घटना अथवा मोटरसाईकल दुर्घटनामा भेनिसाको ज्यान गएको यकिन नभएपछि हामी उनको ब्वाईफ्रेन्डको खोजिमा निस्कियौं’ डिएसपी रेग्मी भन्छन्, ‘पछिल्लो पटक उनको सम्पर्क राजन राईसँग भएको देखियो ।’
मोरङको पथरी स्थायी घर भएका राजन हाल काठमाडौंको थली बस्दै आएका थिए । तर भेनिसाको हत्यापछि राजन आफ्नो परिवारसको सम्पर्कमा समेत थिएनन् । साथीहरुसँगको सोधपुछलगायतका अनुसन्धानबाट थाहा लाग्यो राजन सर्लाही आसपास कतै लुकेर बसेका छन् । राजन बोर्डर आसपास लुकेको परिपक्व सूचना पाएसँगै अपराध महाशाखाको टोली त्यहिँ पुगेको थियो । अन्तत राजन र उनका साथी सनि लामा सर्लाहीको त्रिभुवन नगर गाविसबाट समातिए ।
अर्का अभियुक्त सजित लामा बौद्धमै बसिरहेका थिए । सजित नभागेकोले प्रहरीले उनलाई निगरानीमा राख्यो तर समात्ने हतारो गरेन् । राजन र सनि समातिएसँगै सजितको हातमा पनि हत्कडी लाग्यो ।
बौद्धको भट्टिमा भेट, लाजिम्पाटको अपार्टमेन्टमा डेथ राई र लिम्बुको बीचमा धेरै कुराहरु मिल्छन् । त्यसैले यी दुईले एक अर्कोलाई तुरुन्तै विश्वास पनि गरिहाल्छन् । राजन राई र भेनिसा लिम्वु फेसबुकमा साथी बनेको करिब तिन महिना भएको थियो । ‘हाई सोल्टीनी’ भन्दै च्याटिङ शुरु गरेका राजन बारम्बार म्यासेन्जरमार्फत भेनिसाको सम्पर्कमा रहे । भेनिसाले उनको म्यासेज बक्सम खस्ने हरेक प्रश्नको उत्तर दिइरहिन् । गएको फागुन ८ गते राजनले भेनिसासँग डराई–डराई मोवाईल नम्बर मागे । भेनिसाले केहि मिनेटमै नम्बर दिईन् । त्यतिबेला दिउँसोको तीन बजेको थियो, भेनिसा कपनमा थिईन् । नम्बर पाउनासाथ राजनले फोन गरेर बौद्धमा भेट्ने प्रस्ताव राखे ।
भेनिसा तयार भएर भएर बौद्ध गेटमा पुगिन् । राजनले उनलाई कतै बसेर चिया खाऔं भन्दै ‘आजी’ नामको भट्टि पसलमा पुर्याए । भट्टि पसलमा राजनका साथीहरु सनि लामा र सजित लामा पनि सँगै थिए । प्रहरीकाअनुसार अर्का एक फरार अभियुक्त पनि सोही भट्टिमा थिए । सबैले मापसे गरे, भेनिसाले चिया पिउँदै केटाहरुका कुरा सुनिन् ।
भट्टिमा सँगै मापसे गरेका फरार अभियुक्त कारमा हिँड्थे । करिब ६ बजेपछि सबैले डिस्को गएर रमाइलो गर्ने सल्लाह गर्दै भट्टि पसलबाट बाहिरिए ।
त्यो साँझ ११ बजेसम्म उनीहरु ठमेलको हार्ड रक नामक डिस्कोमा नाचेका थिए । पहिले चिया खाएकी भेनिसालाई केटाहरुले कर गरेर बियर खुवाए । बियर खाँदा उीहरुले भेनिसालाई पकट–पटक किस खाए, हक गरे । एघार बजेपछि उनीहरु फरार अभियुक्तको गाडीमा निस्किए । फरार अभियुक्तले सजित लामा र राजन राईलाई बौद्ध गेटमा लगेर छाडिदिए । सनी र भेनिसालाई आफ्नो अपार्टमेन्टमा लिएर गए ।
अपार्टमेन्टमा पुगेपछि फरार अभियुक्तले सनि र भेनिसालाई एउटा कोठामा सुत्न भने, उनी आफ्नै कोठामा छिरे । २८ वर्षीय सनि लामाले भेनिसासँग बसेर थप एक बोतल बियर खाएर पहिलो पटक शारिरीक सम्पर्क गरे । अर्को कोठामा सुत्न गएका फरार अभियुक्तले ढोका ढक्ढक्याएपछि सनिले ढोका खोले । फरार अभियुक्तले भेनिसासँग सेक्स गर्ने मनशायले सनी लामालाई कोठा बाहिर जान आग्रह गरेपछि उनीहरु दुई बिच केहीबेर विवाद भयो । त्यतिन्जेल रातको करिब १२ बजिसकेको थियो ।
फरार अभियुक्तले भेनिसालाई जबर्जस्ती करणी गर्न खोजे, तर एउटै बेडमा दुईजनासँग शरिर सुम्पन भेनिसा तयार भइनन् । भेनिसा ट्वाईलेटमा पसिन्, सनीको साथी (फरार अभियुक्त) ले तान्न थाले । केहिबेर तानातान हुँदा फरार अभियुक्तले ट्वाईलेटको झ्यालबाट भेनिसालाई धकेलिदिए । भेनिसा छ तल्लामाथिको अपार्टमेन्टबाट भुइँमा पछारिइन् । त्यतिन्जेल भेनिसाको श्वास गैसकेको थिएन् । धुकधुकीको भरमा बाँच्न विवश भेनिसालाई सनी र फरार अभियुक्तले पुनः गाडीमा राखे तर हस्पिटल लगेनन् । नगरकोट जाने भन्दै उनीहरुले गाडी अगाडी बढाए, कोटेश्वर नकाट्दै भेनिसाले संसार छाडीसकेकी थिईन् । उनीहरुले भेनिसाको शवलाई नगरकोट जाने बाटोमुनि बाँसघारीमा फालेर फर्किए । त्यतिन्जेल बिहानको तीन बज्न लागिसकेको थियो । फरार अभियुक्तले सनी लामालाई उनको घरसम्म लगेर छाडिदिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
-
अमेरिका र इरानबिचको तनाव शुक्रबार पनि कायमै
-
वर्तमान सरकारले दुई तिहाइको चमत्कार देखाउन सकेन: प्रभु साह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण