चिलीसँग अर्जेन्टिनाको बदला, कोलम्बिया विजयी
काठमाडौं – लियोनेल मेस्सीको उत्कृष्ट प्रदर्शनको मद्दतले अर्जेन्टिनाले कोपा अमेरिकाको फाइनलमा चिलीसँग बेहोरेको हारको बदला लिएको छ । बिहिबार राती विश्वकप छनौट खेल अन्तर्गत अर्जेन्टिनाले २–१ को महत्वपूर्ण जित निकालेको हो । यसअघि चोटका कारण छनौट चरणका ४ खेल गुमाएका मेस्सी बिना अर्जेन्टिनाले राम्रो खेल प्रदर्शन गर्न सकेको थिएन । अर्जेन्टिनाले ४ खेलमा मात्र १ मा जीत, २ मा बराबरीमा १ मा पराजय बेहोरेको थियो । हिजोको खेलमा पनि अर्जेन्टिना ११ मिनेटमा नै पछि परेको थियो । फिलिपे गुटियारेजको गोलको मद्दतले चिलीले अग्रता लियो । तर, त्यसको ८ मिनेटपछि नै डि मारियाले गोल गर्दै अर्जेन्टिनालाई खेलमा फर्काए । निकै रोमाञ्चक भएको खेलमा ग्याब्रियल मर्सेडोले खेलको २५ औं मिनेटमा अर्को गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाए । मर्सेडोको त्यो गोल नै निर्णायक बन्न पुग्यो र अर्जेन्टिनाले खेल आफ्नो पक्षमा पार्यो ।
उता, बिहिबार नै भएको अन्य खेलमा कोलम्बियाले बोलिभियालाई ३–२ गोल अन्तरले पराजित गर्यो । खेलमा कोलम्बियाले हामेज रोड्रिगेज र कार्लोस बाकाको गोलको मद्दतले २–० अग्रता लिए पनि खेलको दोस्रो हाफमा हुवान आर्के र अलेजेन्ड्रो चुमासेरोले गोल गर्दै बोलिभियालाई २–२ को बराबरीमा फर्काए । खेलको अन्तिम मिनेटमा एड्विन कार्डोनाले गोल गरेपछि कोलम्बियाले महत्वपूर्ण तीन अंक बटुल्यो । दक्षिण अमेरिकी विश्वकप छनौटमा ५ खेलपछि इक्वेडर १३ अंकसाथ शीर्ष स्थानमा रहेको छ । अर्जेन्टिना चौंथो स्थानमा रहेको छ भने कोलम्बिया सातौं स्थानमा रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
-
अमेरिका र इरानबिचको तनाव शुक्रबार पनि कायमै
-
वर्तमान सरकारले दुई तिहाइको चमत्कार देखाउन सकेन: प्रभु साह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण