शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

नायक संजय खतिवडा छायांकनको क्रममा घाइते

शुक्रबार, १२ चैत २०७२, १० : ४३
शुक्रबार, १२ चैत २०७२

काठमाडौँ – करिब चौध वर्षअघि चलचित्र क्षेत्रमा प्रवेश गरेका नायक संजय खतिवडा हेर्दा निकै आकर्षक र मिजासिला स्वभावका छन् । नायकको रुपमा भने तीन वर्ष अगाडी चलचित्र ‘नो स्मोकीङ’ बाट डेब्यु गरेका नायक संजय खतिवडा चलचित्र भिमदत्त हुँदै अहिले नरसिम्हासम्म आएका छन् ।

अग्लो कदका नायक संजय अहिले चलचित्र नरसिम्हाको सुटिङमा व्यस्त छन् र उनी यस चलचित्रको मुख्य भूमिकामा छन् त्यसको साथै उनले धेरै म्यूजिक भिडियोमा समेत आफ्नो अभिनय क्षमता देखाइसकेका छन् ।

चलचित्र नरसिम्हाको छायांकनको शिलशिलामा दुर्घटनामा परि हात फ्याक्चर हुँदा समेत काम गरिरहेका नायक संजय आफ्नो कामप्रति सधैँ इमान्दार र लगाब राख्छन् । भबिश्यमा एक कुशल नायक तथा स्टार नायक बन्ने चाहना लिएका संजय खतिवडा त्यहि अनुसार अहिले मेहनत पनि गरिरहेका छन् ।

एक कुशल नायक हुनलाई हर कुरामा निपुर्ण हुनुपर्छ भन्ने कुरा राम्ररी बुझेका संजयले आफुलाई पनि त्यहि रुपमा ढाल्दै समय सापेक्ष परिवर्तन गर्दै दर्शकहरुको चाहना अनुसार आफ्नो कला क्षमता प्रदर्शन गर्ने कुरा उनी बताउँछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप