प्रचण्ड आउने भनेपछि वीरगञ्ज तनावग्रस्त : मोर्चाका डेढ दर्जन नेता–कार्यकर्ता पक्राउ
वीरगन्ज–वीरगन्जमा आजदेखि सुरु हुने दोस्रो वीरगन्ज व्यापार महोत्सवको उद्घाटन गर्न प्रचण्ड आउने भएपछि विभिन्न चोकहरुमा मधेसी मोर्चाका कार्यकर्ताले टायर बालेर प्रदर्शन सुरु गरेका छन् ।
यसै क्रममा वीरगञ्जको घण्टाघर चोकमा कालोझण्डा बोकेर प्रदर्शन गरिरहेका डेढ दर्जन मधेसी मोर्चाका नेता तथा कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा राष्ट्रिय मधेस समाजवादी पार्टी केन्द्रीय सदस्य राजेशमान सिंहलागयत रहेका छन् ।
मधेसी युवाहरुले प्रचण्डलाई मधेसमा नछिर्न उर्दी जारी गरेपनि महोत्सवको उद्घाटन गर्न जाने भएपछि मोर्चाको कार्यकर्ताहरुले ब्यानरसहित विभिन्न चोकमा टायर बालेर प्रदर्शन गरेका हुन् ।
वीरगन्जमा आउने कार्यक्रम थाहा पाएपछि मधेसी दलका युवाहरुले बिहिबार वीरगन्जको घण्टाघर चोकमा प्रदर्शन र नाराबाजी गर्दै प्रचण्डको पुत्ला समेत जलाएका छन् । विभिन्न मधेसी दलका युवाहरु आबद्ध संघीय समावेशी मधेसी युवा गठबन्धन पर्साले प्रचण्डलाई मधेसमा नछिर्न उर्दी जारी गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
-
अमेरिका र इरानबिचको तनाव शुक्रबार पनि कायमै
-
वर्तमान सरकारले दुई तिहाइको चमत्कार देखाउन सकेन: प्रभु साह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण