‘चीनसँगको सम्झौताबाट भारत दुःखी हुनुपर्दैन’ : नेता ज्ञवाली
शुक्रबार, १२ चैत २०७२, ११ : ३०
नेपालगन्ज–नेकपा (एमाले) का नेता प्रदीप ज्ञवालीले नेपालले चीनसँग सम्बन्ध विस्तार गर्दा अर्को छिमेकी मुलुक भारत दुःखी हुनुपर्ने कुनै कारण नभएको बताएका छन् ।
प्रेस चौतारी, बाँकेद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उनले भने– “हामी दुवै छिमेकी मुलुकसँग समानताका आधारमा सम्बन्ध स्थापित गर्न चाहन्छौँ, यसो गर्दा कुनै एक मुलुक चिढिनु पर्दैन ।”
“सार्वभौम, स्वतन्त्र राष्ट्रले कोसँग कस्तो सम्बन्ध राख्ने उसको आफ्नो अधिकार हो, कसैको अधिनमा बस्नु हामीलाई किमार्थ स्वीकार्य हुन सक्दैन” नेता ज्ञवालीको भनाइ थियो ।
उनले संविधान कार्यान्वयनका लागि राष्ट्रिय सहमति आवश्यक भएकाले काँग्रेसलाई सरकारमा ल्याउने प्रयास गरिने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकमाथि छलफल गर्न अर्थ समितिको बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
-
अमेरिका र इरानबिचको तनाव शुक्रबार पनि कायमै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण