अपहरण शरीर बन्धक तथा जबरजस्ती करणी मुद्दाका दुई अभियुक्त जेल चलान
सिरहा –जिल्ला अदालतबाट जबरजस्ती करणी अपहरण तथा शरीर बन्धक मुद्दामा कैद सजाय भएका दुई फरार प्रतिवादीलाई लहान प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला अदालत सिरहाबाट ०६६ साल जेठ १९ गतेको फैसलाले अपहरण तथा शरीर बन्धक मुद्दामा ९ वर्ष कैद र २ हजार ५ सय रुपैयाँ जरिवाना सजाय तोकिएका सिरहा इटहर्वा–७ बस्ने ३३ वर्षीय विजय यादव र ०६९ साल जेठ १ गतेको फैसलाले जबरजस्ती करणी मुद्दामा ५ वर्ष कैद सजाय तोकिएका पडरिया गाविस ८ बस्ने ४० वर्षीय हरी सदायलाई पक्राउ गरी जिल्ला कारागार सिरहा चलान गरिएको हो ।
अपहरण तथा शरीर बन्धक मुद्दामा करिब ६ वर्षदेखि फरार रहेका यादव र जबरजस्तीकरणी मुद्दामा ३ वर्षदेखि फरार रहेका लहान प्रहरीले जनाएको छ । पक्राउ परेका दुवै जनालाई ईलाका प्रहरी कार्यालय लहानले जिल्ला अदालतमा उपस्थित गराउँदा अदालतले तोकिएको कैद भुक्तानका लागि जेल चलान गरेको लहान प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकमाथि छलफल गर्न अर्थ समितिको बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
-
अमेरिका र इरानबिचको तनाव शुक्रबार पनि कायमै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण