शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

महतो र अमेरिकन पोल्टिकल सेक्रेटरीबीच भेट

शुक्रबार, १२ चैत २०७२, १२ : ०१
शुक्रबार, १२ चैत २०७२

काठमाडौं–सदभावना पार्टी सम्पर्क कार्यालय काठमाडौंमा अमेरिकन राजदुतावासका पोल्टिकल सेक्रेटरी एण्ड्री गुडम्यान र सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोबीच आज भेटघाट भएको छ ।

भेटघाटको क्रममा महतोले मधेश आन्दोलनको माग र आन्दोलनको क्रममा मानव अधिकारको हननबारे प्रमुख रूपमा जानकारी गराएको सदभावना पार्टीका सह–महासचिव देवेन्द्र यादवले जानकारी दिए । भेटमा अमेरिका जस्तो देश नेपालमा भईरहेको गैरन्यायिक हत्या, दमन र विभेदकारी संविधानबारे पनि बोल्नुपर्ने महतोले आग्रह गरेको बताए ।

भेटमा पोल्टिकल सेक्रेटरी एण्ड्रीले सरकारसँग निरन्तर वार्ता गर्नुपर्नेमा जोड़ दिएको र आफ्नो सरकारले प्रधानमन्त्रीको चिन भ्रमणबाट फर्केपश्चात भेटेर सबै कुरामा चासो व्यक्त गर्ने बताए । साथै देशमा शान्ती नभएसम्म देश विकासको बाटोमा लाग्न नसक्ने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप