कारागारमै भारतीय कैदीको मृत्यु
सप्तरी– राजविराजस्थित कारागारमा रहेका एक भारतीय कैदीको गएराति मृत्यु भएको छ ।
मृत्यु हुनेमा भारतको मधेपुरा जिल्ला परमानपुर–३ निवासी मो इलियास मियाँ रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
छयालीस वर्षीय मियाँको कुन कारणले मृत्यु भएको थाह हुन सकेको छैन । प्रहरीका अनुसार उनले लामो समयदेखि हरनियाँ र उच्च रक्तचापको उपचार गराइरहेका थिए । उनको गएराति गजेन्द्रनारायण सिँह सगरमाथा अञ्चल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको कारागारका प्रमुख कृष्ण दाहालले बताए ।
आगो लगाएर ज्यान मार्ने उद्योगमा २०६९ जेठ ७ मा जिल्ला अदालत राजविराजले मियाँलाई नौ वर्ष कैद सजाय तोकेको थियो ।
लागुऔषधसहित दुई पक्राउ
सप्तरीको राजविराज–८ स्थित कुनोली मोडबाट दुईजना युवालाई गएराति लागुऔषधसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा जिल्लाको मानराजा गाविस–२ बस्ने १७ वर्षीय नरेश साह र सोही ठाउँका १८ वर्षीय अनिलकुमार झा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
पक्राउ परेका दुवैजनाको साथबाट १६ वटा नाइट्रोजन ट्याब्लेट र तीन थान डाइजेपाम ट्याब्लेटलगायत बरामद गरिएको प्रहरीले बताएको छ । उनीहरु दुवैलाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
-
अमेरिका र इरानबिचको तनाव शुक्रबार पनि कायमै
-
वर्तमान सरकारले दुई तिहाइको चमत्कार देखाउन सकेन: प्रभु साह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण