शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

गर्मीको आगमनसँगै काठमाडौं फन भ्यालीको सेवा सुरुवात

शुक्रबार, १२ चैत २०७२, १३ : १८
शुक्रबार, १२ चैत २०७२

काठमाडौं–वाटर र एम्युजमेन्ट पार्कमा रमाउन चाहनेहरुका लागि उत्कृष्ट सेवा प्रदान गर्दै आएको काठमाडौं फन भ्यालीले गर्मीको आगमनसँगै आफ्नो सेवालाई थप विस्तार र परिस्कृत बनाउँदै छ । यस वर्षको गर्मी मौसमलाई मध्यनजर गर्दै यही २०७२ साल चैत १२ गतेबाट काठमाडौं फन भ्यालीको सेवा सुरु भएको छ ।

अरनिको राजमार्गसँगै जोडिएको फन भ्याली भक्तपुर सुर्य विनायकबाट ४ किलोमिटरको दुरीमा रहेको छ । भक्तपुर पलाँसेमा रहेको फन भ्यालीमा स्विमिङ सँगसँगै वाटर पार्कका अन्य सेवाहरु पनि लिन सकिन्छ । त्यसैगरी विभिन्न रोमान्चक गेमहरु पनि रहेको महाप्रबन्धक दिनेश गिरी बताउँछन् ।

बालबालिकाहरुलाई मनोरन्जन प्रदान गर्ने उद्देश्यले स्विमङ पुल (वाटर पार्क) मा समुन्द्रमा छाल आए जसरी छाल आउने व्यवस्था मिलाइएको छ । काठमाडांै फन भ्यालीमा प्रवेश गर्नको लागि बाालबालिकाको लागि रु. ४५० र अन्यका लागि रु. ६५० को प्रवेश शुल्क लाग्नेछ । प्रवेश शुल्क तिरेपछि पार्कमा उपलब्ध सम्पूर्ण सेवा उपभोग गर्न पाईन्छ ।

पार्कमा प्रवेश गरेपछि दिनभरी बसेर सम्पूर्ण गेमको आनन्द लिन सकिन्छ । गर्मी छल्न मात्र होइन स्वास्थ्य र फिटनेशलाई समेत मध्यनजर गर्दै काठमाडौं फन भ्यालीले आफ्नो पूर्वाधारको निर्माण र विकास गरेको छ । जसलेगर्दा स्वास्थ्य र फिट रहन चाहनेहरुका लागि समेत काठमाडौं फन भ्यालीको सेवा उपयुक्त हुन सक्छ ।

फन भ्यालीमा नेपालमै पहिलो पटक अन्तर्राष्ट्रिय स्तरको स्लाइड पुल, वेभ पुल, टावर हाइट, किड्स स्लाइड, मिनी कोलम्वस लगायत गेमहरु उपलब्ध छन् । नेपालकै एक मात्र वाटर र एम्युजमेन्ट पार्कको संयुक्त सेवा प्रदान गरिरहेको काठमाडौं फन भ्यालीले अन्तर्राष्ट्रिय स्तरको सेवा तथा सुविधा पनि प्रदान गरिरहेको छ ।

यसवर्षबाट काठमाडौं फन भ्यालीले स्कुल तथा कलेजलाई मध्यनजगर गर्दै विशेष ब्यवस्था गर्न लागेको छ । जस अन्तर्गत आफ्ना विद्यार्थीहरुलाई वाटर र एम्युजमेन्ट पार्कको सेवा दिन चाहने स्कुल तथा कलेजहरुले आकर्षक छुट प्याकेज प्राप्त गर्ने छन् ।

काठमाडौं उपत्यकाबाट नजिकै रहेर पनि शान्त र प्राकृतिक पर्यावरणको बीचमा ६२ रोपनी क्षेत्रफलमा फैलिएको काठमाडौं फन भ्यालीमा हाइजेनिक रेष्टुरेन्टहरु पनि उपलब्ध छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप