शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

चिनियाँ राष्ट्रपतिको राजीनामा माग्दै पत्र छापिएपछि १७ जना पक्राउ

शुक्रबार, १२ चैत २०७२, १२ : ४३
शुक्रबार, १२ चैत २०७२

बेइजिङ – चिनियाँ राष्ट्रपति सि जिनपिङले राजीनामा गर्नुपर्ने आशयसहितको पत्र सञ्चारमाध्यममा छापिएपछि हालसम्म १७ जनालाई पक्राउ गरिएको बिबिसीले जनाएको छ । राज्यले नै सञ्चालन गरिएको भनिएको अनलाइन वुजेइ न्युजमा एक महिनाअघि उक्त पत्र छापिएको थियो । तर, लगत्तै उक्त पत्रलाई हटाइएपनि पत्रको क्यास भर्सन अझै अनलाइनमा पाउन सकिन्छ । ‘कमरेड सि जिनपिङ, हामी कम्युनिष्ट पार्टीका बफादार सदस्य हौं,’ भन्दै शुरु गरिएको उक्त पत्रमा भनिएको छ, ‘हामी तपाईंलाई पार्टी र राज्यको सबै तहबाट राजीनामा दिन आग्रह गर्दछौं ।’ राज्यबाट नै सञ्चालित भनिएको सञ्चारमाध्यममा यस्तो पत्र प्रकाशन भएपछि चीनमा ठूलो हल्लाखल्ला मच्चिएको थियो । तत्कालै चिनियाँ अधिकारीहरुले यस प्रकरणविरुद्ध कारवाही शुरु गरे । चर्चित लेखक जिया जियाको पक्राउलाई यसै मुद्दासँग जोडिएर हेरिएको छ । वुजेइका कर्मचारीले नाम नबताउने शर्तमा दिएको जानकारी अनुसार यसै मुद्दासँग जोडिएर अन्य १६ जनालाई पनि पक्राउ गरिसकिएको छ । जसमध्ये ६ जना सोही वेवसाइटमा काम गर्ने र अर्को १० जना सोही वेवसाइटसँग सम्बन्ध टेक्नोलोजी कम्पनीका कर्मचारी रहेका छन् । पक्राउ पर्नेमा सिनियर म्यानेजर र सिनियर इडिटर रहेका छन् । पत्रमा राष्ट्रपति सिमाथि सबै शक्ति आफूमा एकत्रित गरेको र आर्थिक र कुटनतिक क्षेत्रमा गल्ती गरेको आरोप लगाइएको छ । देशमा अभिव्यक्ति स्वतन्त्रततामा अकुंश लगाउने काम गरिएको आरोपसमेत पत्रमा उल्लेख छ । उक्त पत्र वुजेइमा प्रकाशित हुनभन्दा अघि दशेबाहिरबाट सञ्चालित हुने चिनियाँ भाषाकै अर्को वेवसाइटमा आइसकेको थियो तर, सोही पत्र वुजेइमा कसरी प्रकाशित हुनपुग्यो भन्ने ठूलो प्रश्न रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप