चीनसँग भएका सम्झौताको दूरगामी महत्व : प्रचण्ड
वीरगञ्ज – एमाओवादी अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा भएका सम्झौताले दूरगामी महत्व राख्ने बताएका छन् । दोस्रो वीरगञ्ज व्यापार मेलाको उद्घाटनको सिलसिलामा वीरगञ्ज पुग्नुभएका अध्यक्ष प्रचण्डले सञ्चारकर्मीमाझ यस्तो बताएका हुन् । उनले भने, ‘भारत भ्रमणबाट आए पछि चीन भ्रमणको तयारी भयो, प्रधानमन्त्रीज्यूको यो भ्रमण अपेक्षित र उपलब्धी मूलक रह्यो ।’ प्रधानमन्त्रीले भारत भ्रमण पहिले गरेको र सो भ्रमणले दुई देशबीचको सम्बन्ध राम्रो बनाउने वातावरण बनाएको उनको भनाई थियो । प्रचण्डले, ‘भूकम्पबाट भएको जनधनको क्षति पछि मैले प्रतिपक्ष नेताको हैसियतले हामी सबै एक भए सामना गर्न राष्ट्रिय एकताको खाँचो छ भनेको थिएँ । अझै पनि राष्ट्रिय एकताको खाँचो छ ।’ राजनीति चरित्रमा निरन्तरता नभएकाहरु नै पलायन भएका बताउँदै क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्यसँग हिजोमात्र गम्भीर कुरा भएको जानकारी पनि दिए । उनले भने, ‘उहाँहरु(मोहन वैद्य) लगायतका सबै माओवादी शक्तिहरुसँग एकता हुन्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
-
अमेरिका र इरानबिचको तनाव शुक्रबार पनि कायमै
-
वर्तमान सरकारले दुई तिहाइको चमत्कार देखाउन सकेन: प्रभु साह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण