कावासोतीमा डरलाग्दो दुर्घटना
नवलपरासी – नवलपरासीको कावासोतीमा रोकिराखेको ट्रकमा जिप ठक्कर खाँदा चालक गम्भिर घाईते भएका छन् । गएराती करिब साढे १ बजे कावासोती २ फलफुलचोक नजिकै भएको सबारी दुर्घटनामा रुपन्देही परुवा बस्ने ३५ वर्षीय मिन बहादुर सोमै मगर घाईते भएका हुन् ।
गम्भिर घाईते सोमैको नवलपुर अस्पतालमा सामान्य उपचारपछि थप उपचारको लागि भरतपुर रिफर गरिएको ईलाका प्रहरी कार्यालय नवलपुरले जनाएको छ । उनको टाउको र खट्टामा चोट लागेको छ । लु१च ५५९५ नम्बरको जिप, ना५ख १९१० नम्बरको रोकिराखेको ट्रकसँग ठक्कर खाएको थियो ।
जगंलमा रहेको प्रतिक्षालय नजिकै ठक्कर खाएको जिप करीब डेढ सय मिटर टाढा पुगि कल्भट बनाइएको खाल्टोमा खसेको हो । जीपको पछाडीको भाग ठक्कर खाएको स्थानमै थियो भने बाँकी भाग करीब डेढ सय मिटर टाढा रहेको थियो ।
सवारी साधान भने पूर्ण रुपमा क्षति भएको छ । जंगलमा रहेका रुखहरुलाई छल्र्दै जिप कल्भट बनाईएको खोल्सोमा खसेको थियो । नारायगढबाट बुटवल तरकारी लिएर जार्दै गरेको थियो ।
ठक्कर खाएको स्थानबाट निकै टाढा जिप छेदविच्छेद भएपनि चालक भने मृत्युको मुखबाट बाँच्न सफल बनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
-
अमेरिका र इरानबिचको तनाव शुक्रबार पनि कायमै
-
वर्तमान सरकारले दुई तिहाइको चमत्कार देखाउन सकेन: प्रभु साह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण