शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

सगरमाथा चीनमा राखेको भन्दै गुगलप्रति आरोही संघको आपत्ति

शुक्रबार, १२ चैत २०७२, १३ : २३
शुक्रबार, १२ चैत २०७२

काठमाडौं – सगरमाथा आरोही संघले विश्वको गौरव सगरमाथालाई चीनको भुभागमा देखाएको भन्दै आपत्ति जनाएको छ । चर्चित इन्टरनेट सर्च इन्जिन गुगलले आठौ आश्चर्यभित्र पर्ने सगरमाथा नेपालको भूभागमा नपारी चीनको भुभागमा राखेर विश्वसमुदायालाई नै सगरमाथाबारे गलत सूचना दिने प्रयास गरेकाले तत्काल सच्याउन संघले आग्रह गरेको छ । शुक्रबार संघले एक विज्ञप्ति जारी गरी भनेको छ– ‘विश्वभर फैलाउने सूचनामा भ्रम र गलत जानकारी राखेर नेपालको पहिचानलाई कमजोर बनाउने प्रयास गरिएको छ, यो तुरुन्त सच्याइयोेस् ।’ संघकी अध्यक्ष माया शेर्पा र कार्यवाहक महासचिव मदन चुडालले जारी गरेको संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘गुगलको यो हर्कतको नेपाली जनताले विरोध गरौं, नेपाल सरकारले पनि तुरुन्त यो विषयमा गुगललाई सच्याउन भनोस्, होइन भने नेपालको अस्तित्वको गलत सूचना प्रवाह गरेको मुद्दा अन्तर्राष्ट्रियकरण होस् ।’ संघले विज्ञप्ति मार्फत विश्वभरका सगरमाथा आरोहीलाई पनि यो गलत सूचनाको भरमा नपर्न आग्रह गर्दै सगरमाथा नेपालमा रहेका कारणले नेपालबाट मात्र सगरमाथा आरोहण गर्ने प्राधिकार मिल्छ भन्ने अपिल पनि गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप