प्रधानमन्त्रीद्वारा चिनियाँ नेताहरुलाई बौद्ध सम्मेलनमा सहभागी हुन निम्ता
शुक्रबार, १२ चैत २०७२, १३ : ५४
काठमाडौं – मित्र राष्ट्र चीनको भ्रमणमा रहेका सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीसँग चीनको सान्सी प्रान्तका नेताहरुले भेटवार्ता गरेका छन् । सान्सीको सियानमा आज चाइना पिपुल्स पोलिटिकल कन्सल्टेटिभ कन्फ्रेन्सका उपाध्यक्ष झेङ्ग सिआओपिन, महासचिव झाओ जेनयोङ्ग, सियानका भाइस गभर्नर यु यिन लिङ लगायतका नेताहरुले भेटवार्ता गरेका हुन् ।
सियानस्थित होटल सांग्रीलामा भएको भेटवार्तामा दुई देशबीचको आपसी सम्बन्ध र हितका साथै नेपालमा भुकम्पपछिको पुनर्निर्माण लगायतका विषयमा छलफल भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले जानकारी दिए ।
त्यस अवसरमा चिनियाँ नेताहरुले भुकम्पपछि नेपाललाई सान्सी प्रान्तले गरेको सहयोगका बारेमा जानकारी गराएका थिए । प्रधानमन्त्रीले नेपालमा हुन लागेको अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनमा सहभागी हुन सियानका नेताहरुलाई निमन्त्रणा गरे ।
प्रधानमन्त्रीले आज सियानमा ऐतिहासिक तेरा कोट्टा सैनिक संग्रहालयको पनि अवलोकन भ्रमण गरे । प्रधानमन्त्रीले आजै सियानमा उधोगी व्यबसायीहरुको फोरमलाई सम्बोधन गर्ने र सियान मेडिकल युनिभर्सिटिको भ्रमण गर्नु हुने कार्यक्रम रहेको छ ।
प्रधानमन्त्री आज साँझ सियानबाट छेन्दु प्रस्थान गर्ने छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकमाथि छलफल गर्न अर्थ समितिको बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
-
अमेरिका र इरानबिचको तनाव शुक्रबार पनि कायमै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण