शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

प्रधानमन्त्री ओलीसँग होटल साङ्ग्रिलामा चिनियाँ उच्च अधिकारीको भेटवार्ता

शुक्रबार, १२ चैत २०७२, १४ : ०४
शुक्रबार, १२ चैत २०७२

काठमाडौँ– मित्रराष्ट्र चीनको भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसँग चाइना पिपुल्स पोलिटिकल कन्सल्टेटिभ कन्फ्रेन्सका उपाध्यक्ष झेङ सिआओपिन, महासचिव झाओ जेनयोङ र सियानका उपगभर्नर यु यिन लिङलगायतका नेताले भेटवार्ता गरेका छन् ।

सान्सी प्रान्तको सियानस्थित होटल साङ्ग्रिलामा आज भएको भेटवार्तामा उनीहरुबीच दुई देशको आपसी सम्बन्ध र हितका साथै नेपालमा भूकम्पपछिको पुनःनिर्माणलगायतका विषयमा छलफल भयो ।

सो अवसरमा प्रधानमन्त्रीले नेपालमा हुन लागेको अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनमा सहभागी हुन सियानका नेताहरुलाई निमन्त्रणा गरे । चिनियाँ नेताले भूकम्पपछि नेपाललाई सान्सी प्रान्तले गरेको सहयोगका बारेमा जानकारी गराए ।

प्रधानमन्त्रीले आजै सियानमा ऐतिहासिक तेरा कोट्टा सैनिक सङ्ग्रहालयको अवलोकन भ्रमण गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले जानकारी दिए ।

यस्तै प्रधानमन्त्रीले आज सियानमा उद्योगी व्यवसायीको फोरमलाई सम्बोधन गर्ने र सियान मेडिकल युनिभर्सिटीको भ्रमण गर्ने कार्यक्रम छ ।

प्रेस सल्लाहकार दाहालका अनुसार प्रधानमन्त्री आज साँझ सियानबाट छेन्दु प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप