वाटसनद्वारा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा
काठमाडौं – अस्ट्रेलियन अलराउण्डर सेन वाटसनले टी–२० विश्वकपपछि अन्तर्राष्ट्रिय क्रिकेटको सबै संस्करणबाट सन्यासको घोषणा गरेका छन् । अस्ट्रेलियाका लागि १ सय ९० एकदिवसीय खेल खेलेका वाटसनले ४०.५४ को औसतले ५,७५७ रन बनाएका छन् भने १६८ विकेट लिएका छन् । उनले अस्ट्रेलियाका लागि ५६ टी–२० खेल खेलेका छन् भने आज पाकिस्तानसँग हुने खेलमा पनि समावेस छन् । सन् २०१५ मा टेस्टबाट सन्यासको घोषणा गरेका वाटसन, क्रिकेटको सबै संस्करणमा शतक बनाउने अस्ट्रेलियाका एक्लो खेलाडी हुन् । उनले घरेलु क्रिकेट भने जारी राख्ने बताएका छन् । शक्तिशाली ब्याटसम्यानका रुपमा चिनिने वाटसनले सन् २००२ मा अस्ट्रेलियाका लागि एकदिवसीय खेलमा डेब्यु गरेका थिए । उनको उच्च स्कोर भनेको सन् २०११ मा बंगलादेशविरुद्ध बनाएको १ सय ८५ रन हो । उनले दुई पटक अस्ट्रेलियाको वर्ष खेलाडीको उपाधि जितेका छन् भने सन् २००७ र २०१५ को विश्वविजेता अस्ट्रेलियाली टोलीको सदस्य रहेका थिए । गत एसेजपछि टेस्टबाट सन्यास लिएका उनले ५९ खेलमा ३,७३१ रन बनाएका थिए भने ७५ विकेट लिए । उनले सन् २०१३ मा एक टेस्टमा कप्तानको भूमिका पनि निर्वाह गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकमाथि छलफल गर्न अर्थ समितिको बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
-
अमेरिका र इरानबिचको तनाव शुक्रबार पनि कायमै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण