शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

ब्रसेल्स बमकाण्ड : ६ जना शंकास्पद व्यक्ति पक्राउ

शुक्रबार, १२ चैत २०७२, १४ : ३४
शुक्रबार, १२ चैत २०७२
ब्रसेल्स – बेल्जियमको ब्रसेल्समा भएको श्रृंखलाबद्ध बम विस्फोटमा परी ३१ जनाले ज्यान गुमाएपछि उक्त घटनाको व्यापक अनुसन्धान भइरहेको छ । यसै क्रममा हालसम्म ६ जना शंकास्पद व्यक्तिहरुलाई पक्राउ गरिएको बेल्जियन प्रहरीले जनाएको छ । पक्राउ परिएकाहरुको बारेमा कुनै जानकारी नदिए पनि उनीहरुलाई स्याचरबिक जिल्लाबाट पक्राउ गरिएको हो । उता, फ्रान्सको पेरिसमा पनि त्यस्तै आक्रमणको योजना बनाइरहेका एक व्यक्तिलाई पक्राउ गरिएको छ । ब्रसेल्समा भएको बम विस्फोटलाई गत नोभेम्बरमा पेरिसमा भएको हमलासँग जोडिएको छ । आफूलाई इस्लामिक स्टेट बताउनेहरुले दुवै घटनाको जिम्मेवारी लिएका छन् । स्याचरबिकमा बिहिबार राती प्रहरीले घरघरमा खानतलासी गरेको थियो । जसपश्चान केहीलाई पक्राउ गरिएको थियो । त्यस्तै फ्रेन्च प्रहरीले पनि पेरिसमा त्यस्तैअपरेसन चलाएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप