यसकारण दुई सय विद्यार्थीले एसएलसी परीक्षा दिन नपाउने
चितवन–हाजिरी नपुगेका कारण जिल्लाका करिब २०० जना विद्यार्थीले प्रवेशिका परीक्षामा सहभागी हुन नपाउने भएका छन् ।
जिल्ला शिक्षा कार्यालयले दिएको जानकारीअनुसार सामुदायिक र संस्थागत विद्यालयका गरी ७५ प्रतिशत हाजिरी नपुगेका उनीहरुले परीक्षा दिन नपाउने भएका हुन् ।
परीक्षा शाखाका प्रमुख ज्ञानहरि पौडेलका अनुसार यस शैक्षिकसत्रमा २२० दिन विद्यालय खुलेर १९२ दिन पढाइ भएको थियो । पढाइ भएका दिनको ७५ प्रतिशत हाजिरी नपुग्ने विद्यार्थीले परीक्षा दिन नपाउने भएका हुन् ।
चितवन जिल्लामा यस वर्षको प्रवेशिका परीक्षामा १२ हजार ५२७ विद्यार्थी सहभागी हँुदै छन् । जसमध्ये सामुदायिक विद्यालयका सात हजार ६५१, संस्थागत विद्यालयका चार हजार ७७४, खुल्लाका ७५, प्राविधिकका २६ र निजी तर्फका एकजना परीक्षार्थी छन् ।
गत वर्षको प्रवेशिका परीक्षामा चितवनबाट १० हजार ४७ जना सहभागी भएका थिए । यस वर्ष प्रवेशिका परीक्षाका लागि ३९ वटा केन्द्र तोकिएको छ ।
आगामी चैत १८ गतेबाट हुने परीक्षामा जिल्लाभरबाट सामुदायिक ९३, संस्थागत ११८, खुला विद्यालयतर्फ एउटा, प्राविधिक विद्यालयतर्फ एउटा र निजीतर्फ एउटा गरी कुल २१४ विद्यालय परिक्षामा सहभागी हुँदैछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
-
अमेरिका र इरानबिचको तनाव शुक्रबार पनि कायमै
-
वर्तमान सरकारले दुई तिहाइको चमत्कार देखाउन सकेन: प्रभु साह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण