शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

मकवानपुरमा बस दुर्घटना, ४४ यात्रु घाइते

शुक्रबार, १२ चैत २०७२, १५ : ०६
शुक्रबार, १२ चैत २०७२

हेटौंडा–मकवानपुरको गढी गाविसको मक्रानचुलीबाट हेटौँडातर्फ आउँदै गरेको ना४ख ६१८० नंको बस हेटौँडा उपनगरपालिका–५ पिप्लेकुनामा आज दिउँसो अनियन्त्रित भई पल्टिँदा ४४ जना यात्रु घाइते भएका छन् ।

ती घाइते यात्रुहरुको स्थानीय प्रहरीले उद्धार गरी हेटौँडा अस्पतालमा ल्याई उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

गम्भीर तीनजना घाइतेलाई भने थप उपचारका लागि चितवन मेडिकल कलेज भरतपुरमा पठाइएको जिल्ला प्रहरीले जनाएको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सो बस तीव्र गतिका कारण अनियन्त्रित भई डाँडाबाट करिब १० फिट तल खेतमा खस्दा उक्त दुर्घटना भएको घाइते यात्रुले बताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप