शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

डिएसपीसँगै स्थानीय आफैँले गरे अफिम खेती नष्ट

शुक्रबार, १२ चैत २०७२, १५ : २०
शुक्रबार, १२ चैत २०७२

सल्यान – सल्यान वडागाउँका स्थानीयले आफ्नो बारीमा लगाएको अफिम खेती डिएसपीसँगै मिलेर आफैँ नष्ट गरेका छन् ।

वडागाउँ गाउँ विकास समिति वडा नम्बर–९ वडाचौरस्थित ३ अलगअलग स्थानमा गरी ४ कठ्ठा जमिनमा लगाइएको अफिम खेती स्थानीय आफैँले नष्ट गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायव उपरिक्षक श्याम बहादुर क्षेत्रीको नेतृत्वमा गएको टोलीले एक घरको अफिम नष्ट गर्न थालेपछि स्थानीयले नै आ–आफ्नो बारीमा लगाएको अफिम नष्ट गरेका हुन् । जिल्ला प्रहरी कार्यालय सल्यानले शुक्रबार एक प्रेस विज्ञप्ती जारी गर्दै प्रहरीको अगुवाईमा अफिम खेती नष्ट गरिएको जनाएको छ ।

लागु पदार्थको रुपमाभन्दा पनि तरकारी खानको अफिम लगाएको स्थानीयले बताएका छन् । तर उक्त खेती गर्न कसले गर्न लगाएको हो र त्यसबाट उत्पादन हुने अफीम कसले लग्छ भन्ने बारेमा अनुसन्धान भईरहेको प्रहरी नायव उपरिक्षक क्षेत्रीले जानकारी दिए ।

केही सयमअघि मर्मपरिकाँडाका विभिन्न स्थानमा लगाइएको अफिम खेती प्रहरीले नष्ट गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप