शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

बाजुरामा जीपको ठक्करबाट बालकको मृत्यु

शुक्रबार, १२ चैत २०७२, १५ : २७
शुक्रबार, १२ चैत २०७२

बाजुरा–बाजुरामा जीपको ठक्करबाट एक जना बालकको मृत्य भएको छ । मृत्यु हुनेमा जगन्नाथ गाविस वडा नम्बर–६ बस्ने मन नेपालीको ५ वर्षीय छोरा आदेश नेपालीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

भारतमा चौकीदारी गर्दै आईरहेका नेपाली बडिमालिका नगरपालिका ५ तिपाडामा बसबाट ओर्ली खाना खान होटल बसिरहेका बेला बालक सडकमा रहेको र सेकज ५५४ नम्बरको जीप सदरमुकाम मार्तडी जाने क्रममा बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक दान बहादुर रोकायाले जानकारी दिएका छन ।

जीप चालकले कुनै संकेत नै नदिई जीप चलाउँदा बच्चाको ज्यान गएको मृतकका अभिभावकको आरोप छ ।

मृतक बालकको पोष्टमार्टमका लागि शुक्रबार नै जिल्ला अस्पताल मार्तडी ल्याएको छ, भने चालक टेक बहादुर रावललाई प्रहरीले नियन्त्रणमा लिइ अनुसन्धान अघि बढाइएको बताएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप