तीन चोटी प्रधानमन्त्री भइसकेका देउवा फेरि किन प्रधानमन्त्री बन्नुपर्यो ? : नेपाल
काठमाडौं–पूर्वप्रधानमन्त्री एवं एमाले बरिष्ठ नेता माधकुमार नेपालले वर्तमान सरकार अझैँ २ वर्ष टिक्ने दाबी गर्दै यो सरकारलाई कसैले ढाल्न नसक्ने बताएका छन् । नेपाल ट्रेकिङ ट्राभल र्याफ्टिङ एयरलाईन्स मजदुर यूनियन ( यूनिट्राभ) अन्तर्गत एयरपोर्ट इलाका कमिटीको चौथो अधिवेशन उद्घाटन गर्दै पूर्वप्रधानमन्त्री नेपालले राष्ट्रियताको पक्षमा रहेको सरकारलाई कसैले ढाल्न नसक्ने बताए ।
यो सरकारले इतिहासमै उदाहरणीय काम गरेर देखाएको उनको दाबी थियो । नेपालले भने, ‘कांग्रेस सभापति शेरबहादुर देउवा ३ चोटी प्रधानमन्त्री भइसक्नुभएको छ, उनी किन सरकारमा जानुपर्यो ? सरकार दुई वर्ष टिक्छ । संविधानको कार्यान्वयन पनि यहि सरकारले काम गर्छ, स्थानीय निकायको चुनाव पनि गर्छ । कांग्रेसले पनि यहि सरकारमा आएर सहयोग गर्नुस् ।’
पर्यटनको विकासका लागि हवाई क्षेत्रको विकासलाई पहिलो प्राथमिकता दिएर एयरपोर्टभित्र सुधार गर्नेतर्फ उनले सरकारको ध्यानाकर्षण गराका छन् । एयरपोर्टका श्रमिकको नाममा ठेक्कामार्फत श्रमशोषण गर्ने ठेकेदारलाई कानुनी दायराभित्र ल्याएर कारबाही गर्नुपर्ने उनको भनाई थियो ।
कार्यक्रममा नेकपा एमालेका सचिव योगेश भट्टराईले श्रम कानुन अन्तर्गत रहेर मजदुरलाई आफ्ना हक, अधिकारको माग गर्न आग्रह गर्दै बन्द, हड्तालको संस्कृतिलाई एमालेले नस्विकार्ने बताए ।
कार्यक्रममा जिफन्टका उपमहासचिव जनक चौधरीले यो सरकारले श्रम ऐन र सामाजिक सुरक्षा ऐन तुरुन्तै पास गरि श्रमिजिवी वर्गको भावनाको कदर गर्नुपर्ने र देशको रुपान्तरण गर्नुपर्ने बताए ।
यूनिट्राभका महासचिव सुमनप्रसाद पराजुलीले एक्काइसौं शताब्दीमा पनि ठेक्कामार्फत मानव बेचबिखन र श्रमशोषणको अन्त्य गर्नुपर्न बताए । उनले भने, ‘नेपाल एयरलाईन्समा ठेक्कापट्टाको सट्टा सिधा भुक्तानी गर्नेगरि श्रमिकको स्थायी नियुक्ति दिनुपर्यो । संविधानलाई चुनौति दिने खालका कम्पनीका विनियमावली खारेज हुनपर्यो । ठूलालाई चयन सानालाई ऐन भने जस्तो किसिमका विनियमावली तत्काल खारेज गरियोस् ।’ नेपालको एयरपोर्टको सुधार गरेर बढिभन्दा बढि पर्यटक ल्याउनुपर्ने उनको भनाई थियो ।
चौथो अधिवेशनले उमेश अधिकारीको अध्यक्षतामा १० सदस्यीय कार्यसमिति गठन गरेको छ । उपाध्यक्षमा लोकबहादुर थापा, सचिवमा राजकुमार राययादव, कोषाध्यक्षमा हेमन्त गौतमलाई चयन गरेको छ । त्यस्तै सदस्यहरुमा बयानसिंह राई , रंजनराज ढुंगाना, रवि चापागाई, कुमार गिरी र बासु भण्डारी चयन भएका छन् । जिफन्ट प्रतिनिधिमा रुपनारायण ढुंगाना चयन भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
-
अमेरिका र इरानबिचको तनाव शुक्रबार पनि कायमै
-
वर्तमान सरकारले दुई तिहाइको चमत्कार देखाउन सकेन: प्रभु साह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण