शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

संविधानको थुप्रै विषयमा फरक मत एमाओवादीले राखेको छ : प्रचण्ड

शुक्रबार, १२ चैत २०७२, १५ : ३९
शुक्रबार, १२ चैत २०७२

काठमाडौं – एमाओवादी अध्यक्ष प्रचण्डले संविधानमा मधेश, जनजाति, महिलालगायत थुप्रै विषयमा फरक मत एमाओवादी पार्टीले राखेको बताएका छन् । दोस्रो वीरगंज महोत्सव व्यापार मेलाको सिलसिलामा वीरगंजमा आयोजित क्रान्तिकारी पत्रकार संघद्वारा आयोजित पत्रकार सम्मेलनमा अध्यक्षले भने,‘म वीरगञ्ज आउने खबरले विरोध हुन्छ रे भन्ने सुने । संविधान संशोधन गरेर मधेसी जनताको माग सकारात्मक सम्वोधन गर्ने प्रयास गर्ने व्यक्तिको विरोध गर्नुको अर्थ के हो बुझ्न सकेको छैन ।’

उनले आफ्नो विरोध गर्ने चाहानेहरुलाई आफूले खेलेको भूमिकाबारे बुझाईदिन पत्रकारहरुलाई आग्रह पनि गरे ।

‘वर्तमान समयमा शान्तिपूर्ण तरिकाले वार्ता संवादद्वारा हल गरी विकास निर्माणतिर अगाडि बढ्ने हो, यसको निम्ति राष्ट्रिय एकता निर्माण गर्नुपर्छ,’ उनले भने, ‘भूकम्प, संविधान निर्माणको क्रममा एमालेको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउने सहमति भएको थियो । मधेसी मोर्चाको तर्फबाट ११ बुँदे मागहरुको बिषयमा छलफल गरेर समझदारीबाट प्रक्रियामा गएर टुंग्याउन सकिन्छ ।’

‘३० दलीय मोर्चा हुँदा ९ बुँदे सहमतिमा हामी अझैँ अडिग नै छौं । तर, हामीले सबै कुरा नभए हुँदैन भनेका भए संविधान बन्ने थिएन । संविधानसभाको बनावट अनुसार नै सम्झौता भएको हो । यदि संविधान नबनेको भए मधेसलगायत सबैले नै अधिकार पाउने थिएनौं । जति पाइन्छ लिन र अझ प्राप्त गर्नको निम्ति अगाडि बढ्नु नै बुद्धिमानी हुन्छ’ उनले भने ।

उनले भने, ‘यदि संविधान निर्माण गरी घोषणा नगरेको भए देश प्रतिगमनमा जाने थियो । त्यसैले संविधान निर्माण गरेर राष्ट्र बचाएका छौं । यसमा नेतृत्व गरेका हिसावले म आफूलाई गर्व ठान्दछु ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप