शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

तरबार र खुडाँसहित तुलीपुरमा २ युवा पक्राउ

शुक्रबार, १२ चैत २०७२, १५ : ४४
शुक्रबार, १२ चैत २०७२

दाङ–तरबार खुडाँसहित प्रहरीले तुलसीपुरमा २ जना युवालई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तुलसीपुर–५ बसपार्क निबासी निर्मल घर्तीमगर र विक्रम परियार रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरिक्षक कृष्ण प्रसाईले जानकारी दिएका छन् ।

तुलसीपुर–१० दमार गाउँमा कुनै व्यक्तिमाथि आक्रमण हुन थालेको जानकारी पाउने वित्तिकै तत्काल गएको प्रहरी टोलीले दुवै जनालई पक्राउ गरेको हो ।

प्रहरी पुग्ने बित्तिकै भागेका घर्तीमगर र परियारलाई तुलसीपुर–९ शिवपुरबाट हतियारसहित पक्राउ गरेको प्रनाउ प्रसाईले जानकारी दिए । पक्राउ परेका दुवै जनालाई सार्वजनिक मुद्दा लगाइएको छ । प्रहरीले आज म्याद थपगरि अनुसन्धान अघि बढाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप