आफ्नै तयारीमा सन्तुष्ट छैनन् सप्तरीका एसएलसी परिक्षार्थीहरु
राजविराज– यस वर्ष चैत १८ गतेदेखि सुरु हुन लागेको एसएलसी परिक्षाको तयारी अन्तिम चरणमा पुगेको छ । जिल्ला शिक्षा कार्यालय सप्तरीकाअनुसार जिल्लामा पनि परिक्षाको तयारी अन्तिम अवस्थामा पुगेको छ ।
परिक्षामा सहभागि हुने विद्यार्थी, परिक्षा केन्द्र र परिक्षाका लागि परिचालित हुने कर्मचारी समेतको लगभग टुंगो लागेको छ । तर, अर्कोतर्फ परिक्षामा सहभागि हुने विद्यार्थीहरु भने हालसम्म पूर्ण रुपमा तयारी हुन सकेका छैनन् ।
जसका लागि उनीहरु सकेसम्म उत्कृष्ट नम्बर ल्याउने ध्याउन्नमा तयारीमा लागेका छन् । कतिपय विद्यार्थी विद्यालयको पढाईमा मात्र सन्तुष्ट छैनन्, कोचिङ्ग, ट्युसनलगायतका अन्य वैकल्पिक उपाय समेत प्रयोग गरिरहेका छन् ।
यद्यपी आफ्नो तयारीमा अहिले पनि उनीहरु ढुक्क हुन सकेका छैनन् । साउन अन्तिम हप्तादेखि तराई–मधेसमा चलेको आन्दोलन तथा अन्य कतिपय कारणले लामो समयसम्म सप्तरीका अधिकांश विद्यालय बन्द भए । तुलनात्मक रुपमा कतै कम कतै बढि भएपनि अधिकांश विद्यालयको पठन–पाठन प्रभावित भयो, विद्यालयका कलिला बालबालिका त्यसको प्रत्यक्ष मारमा परे ।
त्यसमा पनि नजिकिदैँ गरेको एसएलसी परिक्षामा सहभागि हुने तयारी गरिरहेका विद्यार्थीहरु प्रत्यक्ष रुपमा प्रभावित भए, जसका कारण परिक्षाको संघारमा पनि उनीहरुले आफुलाई पूर्ण रुपमा तयार भएको महसुस गर्न सकेका छैनन् ।
हुन त यस विषयमा जिल्ला शिक्षा कार्यालयले समयमै नसोचेको भने होइन । जिल्ला शिक्षा अधिकारी लक्ष्मी प्रसाद भट्टराई भन्छन्– ‘विद्यालय बन्द भएर शिक्षा क्षेत्रमा परेको असरलाई न्यूनिकरण गर्न हामीले धेरै प्रयास गरेका छौं, तर त्यसको नतिजा भने हेर्न बाँकी छ ।’
जिशिअ भट्टराईका अनुसार तत्काल सबै कक्षालाई नसकिएपनि एसएलसी परिक्षार्थीलाई लक्षित गरेर कार्यालयले छिटो र तत्काल फाइदा लिन सक्ने कार्यक्रम संचालन गरेको छ । जसअन्तर्गत जिल्लामा उपलब्ध ईलेक्ट्रोनिक सञ्चार माध्यमलाई प्रयोग गरिएको उनी बताउँछन् ।
बन्दका कारण छुटेको पढाइलाई पुरा गर्न एफएममार्फत सोहि अनुसारका शैक्षिक सामग्री प्रसारण गरिएको र त्यसबाट पनि प्रष्ट नभएका विषय हरेक हप्ताको दुई दिन विद्यालयमा भेला हुने तथा विषयगत शिक्षकसँग जिज्ञासा राख्न सक्ने वातावरण तयार गरिएको भट्टराईले जानकारी दिए ।
फागुन १ गतेदेखि संचालन गरिएको यो कार्यक्रमबाट अधिकांश विद्यार्थीले फाइदा लिएको उनको वुझाई छ । ‘हामीले त परिक्षामा सहभागि हुने कोहि पनि नछुटुन र सबैले फाइदा लिन सकुन भनेर कार्यक्रम चलाएका हौं, तर त्यसको उपयोगिता कस्तो भयो त्यो चाहिँ परिक्षाको नतिजाले देखाउँछ ।’
शिक्षा कार्यालयका अनुसार यस वर्ष सप्तरीमा नियमिततर्फ ९ हजार १ सय २४ र एक्ज्याम्टेडतर्फ ६ हजार ७ सय ३० गरी कुल १५ हजार ८ सय ५४ विद्यार्थी एसएलसी परिक्षामा सहभागि हुँदैछन् ।
जसअनुसार शिक्षा अधिकारी भट्टराईको कुरालाई मान्ने हो भने सप्तरीमा १५ हजार बढि विद्यार्थीले यो कार्यक्रमबाट प्रत्यक्ष फाईदा लिएका छन् । तर, अवस्था भने केहि फरक देखिएको छ । बन्दको मारमा परेका सप्तरीका केहि विद्यालय भने प्रविधिवाट समेते ठगिएपछि शिक्षा कार्यालयले दिएको सुविधाबाट वञ्चित भए । सप्तरीका कुनै पनि एफएमको रेञ्ज पुग्न नसकेको सप्तकोशी नगरपालिकास्थित दुई वटा माद्यमिक विद्यालयका विद्यार्थीले यो सुविधा लिन पाएनन् । ‘हामीले त कार्यक्रम चलेको विषयमा ढिलोसम्म जानकारी नै पाएनौँ’ गोवर्धन वैरागी जनता उच्च माविका प्रधानाध्यापक नागेन्द्र श्रेष्ठ भन्छन्–‘निकै पछि विद्यार्थीले कता–कताबाट जानकारी त पाएछन्, तर त्यसको सुविधा लिन भने पाइएन ।’
यद्यपी आफनो विद्यालय वन्दबाट धेरै प्रभावित नभएकोले राम्रै तयारी भएको उनको बुझाई छ । सवै विषयको कोर्ष पुरा भएको र विद्यार्थीहरुले पनि आफ्नो स्तरबाट तयारी गरिरहेकोले परिक्षा रामै्र हुने उनले विश्वास व्यक्त गरे । ‘आन्दोलनमा रहेका राजनितिक दलहरुसँग सहमति नै गरेर कक्षा संचालनको व्यवस्था मिलाएका थियौं’ उनले थपे–‘मुस्किलले ४÷५ दिनभन्दा वढि विद्यालय बन्द गर्नुपरेन ।’ श्रेष्ठका अनुसार यस वर्ष गोवर्धनबाट प्राविधकतर्फ र जेनेरल गरी नियमिततर्फ ८२ विद्यार्थी परिक्षामा सहभागि हुँदैछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
-
अमेरिका र इरानबिचको तनाव शुक्रबार पनि कायमै
-
वर्तमान सरकारले दुई तिहाइको चमत्कार देखाउन सकेन: प्रभु साह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण