ट्वीटरमा मोदी–केजरी मिलन
शुक्रबार, १२ चैत २०७२, १५ : ५४
नयाँ दिल्ली – होलीको अवसर पारेर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई ट्वीटरमा फलो गर्न शुरु गरे । केजरीवालले आफै यस विषयमा ट्वीट गर्दै जानकारी दिए । यता दुई नेताहरुको ‘ट्वीटरमा मिलन’ भएपछि समाजिक सञ्जाल प्रयोगकर्ताहरुले भने त्यसको निकै खिल्ली उडाए ।
बिहिबार राती ट्वीट गर्दै केजरीवालले भने, ‘सर फलो गर्नु भएकोमा धन्यवाद । ह्याप्पी होली । आज सबै गुनासोहरु भुल्ने दिन हो । भविष्यमा केन्द्र–दिल्लीमा अझ राम्रो सहकार्यको अपेक्षा गर्दछु ।’
दिल्लीका सह मुख्यमन्त्री मनिष सिसोदियाले पनि यस विषयमा मोदीलाई धन्यवाद दिँदै गृहमन्त्रालयमा अड्केको विधेयकलाई अघि बढाउन सुझाव दिए । यसअघि मोदी र केजरीवालबीच सम्बन्ध राम्रो थिएन । केजरीवालले आफूलाई काम गर्न नदिएको भन्दै केन्द्र सरकारमाथि आरोप लगाउँदै आएका थिए । मोदीले होलीदेखि केजरीवाललाई फलो गर्न सुरु गरे पनि केजरीवालले भने मोदीलाई यसअघि नै फलो गर्थे । दुवै जना ट्वीटरमा निकै चर्चित छन् । मोदीको ट्वीटरमा एक करोड ८८ लाख फलोअर्स छन् भने उनी १३७१ जनालाई फलो गर्छन् । यता, केजरीवालको पनि ७२ लाख फलोवर्स रहेका छन् भने उनी मात्र १४७ जनालाई फलो गर्छन् । उडाइयो मजाक समाजिक सञ्जालमा ट्वीट गर्दै ट्वीटर प्रयोगकर्ताले अब केजरीवालले मोदीलाई अनफलो गर्न सुझाव दिएका छन् भने कोहीले २ वर्षमा मोदीले पहिलो पटक राम्रो काम गरेको भन्दै गिज्याएका छन् ।.@narendramodi Sir, thank u for following me. Happy Holi. आज गिले शिकवे भूलने का दिन है। Hope better Centre-Delhi cooperation in future
— Arvind Kejriwal (@ArvindKejriwal) March 24, 2016
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
-
अमेरिका र इरानबिचको तनाव शुक्रबार पनि कायमै
-
वर्तमान सरकारले दुई तिहाइको चमत्कार देखाउन सकेन: प्रभु साह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण