सीमा सुरक्षा अधिकारीबीच सहमति
भीमदत्तनगर– नेपाल–भारत सीमा क्षेत्रमा हुने अपराध तथा चोरी सिकारी नियन्त्रणमा आवश्यक समन्वय गर्न दुवै देशका सुरक्षा अधिकारी सहमत भएका छन् ।
कञ्चनपुरको भीमदत्तनगरमा सशस्त्र प्रहरी र भारतीय सीमा सुरक्षा बल (एसएसबी) बीच मानव बेचबिखन, लागुऔषध तथा चोरी सिकारी नियन्त्रण, सीमा स्तम्भ संरक्षण एवम् सीमा अतिक्रमण हुन नदिने विषयमा सहमति भएको हो ।
सशस्त्र प्रहरी सीमा सुरक्षा कार्यालय कञ्चनपुरले आयोजना गरेको बैठकमा सीमा पिलर संरक्षण र सीमा अतिक्रमण रोक्न दुवै सुरक्षा निकायबीच आवश्यक समन्वय गर्ने विषयमा सहमति भएको सीमा सुरक्षा कार्यालयका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक तारादत्त पन्तले जानकारी दिए ।
उनलेभने– “अन्य आपराधिक गतिविधि नियन्त्रण गर्न पनि सूचना आदानप्रदान गर्ने सहमति पनि भएको छ ।”
बैठकमा सशस्त्र प्रहरी उपरीक्षक तारादत्त पन्तका साथै एसएसबीको पलिया–३९ बटालियनका एसबी शेर खानलगायत सुरक्षा अधिकारीको सहभागिता थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकमाथि छलफल गर्न अर्थ समितिको बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
-
अमेरिका र इरानबिचको तनाव शुक्रबार पनि कायमै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण