शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

होली मनाउँदा तीसको मृत्यु

शुक्रबार, १२ चैत २०७२, १६ : ०८
शुक्रबार, १२ चैत २०७२
[caption id="attachment_39627" align="alignleft" width="840"]                                                          भारतको राजधानी दिल्लीमा सिएअध्यानरत विद्यार्थीहरु होलीमा रमाउँदै[/caption]

नयाँ दिल्ली– उत्तरी भारतीय राज्यमा होली मनाउने क्रममा भएको दङ्गामा परी कम्तीमा पनि ३० व्यक्तिको मृत्यु हुनुका साथै अन्य दर्जनौँ घाइते भएका राज्यद्वारा सञ्चालित अल इन्डिया रेडियो (एआइआर) ले शुक्रबार जानकारी दिएको छ ।

भारतीय राज्य उत्तर प्रदेशका विभिन्न भागमा भएको घटनामा ती व्यक्तिहरू मारिएका बताइएको छ । सो राज्यमा गत दुई दिनमा होली मनाउने क्रममा विभिन्न भागमा भएको घटनामा ती व्यक्ति मारिएका बताइएको छ ।

दुई समूहबीच भएको झडप र मादकपदार्थ सेवन गरी सवारी चलाउँदा भएका दुर्घटनाहरूमा परी ती व्यक्ति मारिएको जनाइएको छ । प्रान्तीय सहर लखनऊमा मात्र दुई समूहबीच भएको झडपमा कम्तीमा १९ व्यक्तिको मृत्यु भएको छ ।

अन्य एक सहरमा भएको दुई समूहबीच भएको झडपमा दुई व्यक्तिको मृत्यु हुनुका साथै अन्य ४० जना घाइते भएका छन् । होलीलाई रङ्गको पर्वका रूपमा मनाउने गरिन्छ । गत बिहीबार भारतमा होली पर्व मनाइएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप