सुर्ती सेवनबाट दैनिक ५० जना मृत्यु
चितवन–सुर्तीजन्य पदार्थको सेवनबाट नेपालमा दैनिक झन्डै ५० जनाको मृत्यु हुने गरेको एक तथ्याङ्कले देखाएको छ ।
स्वास्थ्य मन्त्रालयअन्तर्गतको स्वास्थ्य कर कोषको सचिवालयले आज पूर्वी चितवनको सौराहामा आयोजना गरेको सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमनसम्बन्धी अन्तक्र्रियामा सो तथ्याङ्क सार्वजनिक गरेको हो ।
नेपालको कुल जनसङ्ख्याको करिब ५० प्रतिशत मानिसले खुलेआम तथा लुकीछिपी सुर्तीजन्य प्रदार्थको सेवनबाट क्यान्सरजस्तो भयानक रोगले बर्सेनि १७ देखि १८ हजार मानिसको मृत्यु हुने गरेको मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य मन्त्रालयका सचिव शान्तबहादुर श्रेष्ठले नेपालमा सुर्तीजन्य पदार्थको सेवनबाट हुने मृत्युदर ६२ प्रतिशत रहेको बताए । उनले सर्नेभन्दा नसर्ने रोगबाट मर्नेको सङ्ख्या बढिरहेको समेत बताए ।
विश्व स्वास्थ्य सङ्गठनकी नसर्ने रोगको स्रोत व्यक्ति डा लोनिम प्रसाईं दीक्षितले ३० देखि ७० वर्ष उमेर समूहमा सुर्तीजन्य पदार्थको सेवनबाट लाग्ने नसर्ने रोगका कारण मर्नेको मुत्युदर ६२ प्रतिशत र सर्ने रोगबाट मर्नेको मृत्यु दर २७ प्रतिशत छ । नसर्ने रोगहरु क्यान्सर, उच्च रक्तचाप, मधुमेह र मुटुरोग सुर्तीजन्य पदार्थको सेवन र खानपानका कारण लाग्ने गरेको छ ।
कार्यक्रममा व्यवस्थापिका–संसद्अन्तर्गतको महिला, बालबालिका तथा समाज कल्याण समितिकी सभापति रञ्जुकुमारी झाले मृत्युदर घटाउन विसं २०६३ मा बनेको कानुन परिमार्जन गरी विसं २०६८ मा पारित ऐनलाई पूर्णरुपमा कार्यान्वयन गर्नुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
-
अमेरिका र इरानबिचको तनाव शुक्रबार पनि कायमै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण