धुर्मुस-सुन्तलीको पहलमा सामाजिक कुप्रथाबाट पीडित अञ्जली सदाको उद्धार
बर्दिबास–सामाजिक कुप्रथाबाट जेलिएकी महोत्तरीको बर्दिबास नगरपालिका–२ स्थित मुसहरबस्तिकी १० वर्षीया अञ्जली सदालाई धुर्मस—सुन्तलीको पहलमा सामाजिक अभियन्ताहरुले अन्तः हस्पिटलमा लगेर उपचार गराइदिएका छन् । जीउभरी फोका भएर पीडाबाट छट्पटिएकी अञ्जलीलाई समाजको रुढीवादी परम्पराले देवता रिसाएको भन्दै घरपरिवार कसैले नछुनेगरि करीब ९ दिनदेखि एक्लै राखेका थिए ।
अञ्जलीलाई ठेउला भन्ने सरुवा रोग लागेको थियो । जसका कारण उनी विरामी थिइन । तर, समाजका मानिसहरुले अञ्जलीलाई देउता रिसाएर यस्तो भएको भनेर भन्दा अञ्जलीलाई उनका बुबा विल्टु सदाले एक्लै राखेका थिए ।
होलीको उमंगको बेला मुसहर बस्तिकी अञ्जली एक्लै भएको खबर बाहिर आएपछि सो बस्तीमा सेवाको भावनाले हात अघि बढाइरहेका हास्यकलाकार धर्मुस–सुन्तलीले मध्येका धर्मुस भन्ने सिताराम कट्टेलले आफ्न बर्दिबासका समाजिक अभियन्ता तथा युवा पत्रकार राजकरण महतोलाई टेलिफोन गरेर तुरुन्त अस्पताल लान भनेका थिए ।
समाजिक अभियन्ता राजकरण महतोको अगुवाइका अञ्जलीलाई बर्दिबासस्थित बर्दिबास सरकारी अस्पतालमा शुक्रबार उपचारार्थ लान सफल भएका मुसहर बस्तिका सबैभन्दा बढि पढेका मञ्जय सदाले बताए । धर्मुस—सुन्तली सरसफाई अभियान अन्तर्गत गठित नवयुग बाल क्लबकी अध्यक्ष समेत रहेकी अञ्जलीलाई अस्पताल पु¥याउन मञ्जयले सहयोग गरेका थिए ।
दलित समुदायकी अञ्जलीलाई बर्दिबास सरकारी अस्पतालले निःशुल्क टिकट काटेर सेवा प्रदान गरेको हो । ९ दिनदेखि विरामी भएर कुप्रथाले अस्पताल जानबाट वञ्चित भएर कमजोर भएकी अञ्जलीलाई हस्पिलबाट भिटामीन, ज्वरो र टाउको दुखाइलाई निको पार्ने सिटामल, फोकालाई निको पार्ने बडि लोसनलगायतका चार प्रकारका औषधी अस्पतालको औषधी वितरण कक्षले निःशुल्क प्रदान गरेको अस्पतालले जनाएको छ ।
अञ्जलीले १५ मिनेटमा बिरामी पुर्जा काटेर हस्पिटलका चिकित्सक मोहन माझीको कक्षमा गएर स्वास्थ्य जाँच गराई पुर्जामा लेखिएको औषधी अस्पतालबाटै लिएर फर्किएकी थिइन ।
अस्पताललबाट औषधी लिएर छोरी घर फर्किएपछि अञ्जलीका बुवाआमाले आफुहरु अन्धविश्वासमा परेर छोरीले दुख पाएको सुनाए । उनीहरुले अब गाउँमा कोही बिरामी भएर तुरुन्त हस्पिटल पठाउने सन्देश सबैलाई सुनाउने भनेका छन् ।
अञ्जलीलाई गाउँबाट हस्पिटल पु¥याउने सबैलाई धर्मुस—सुन्तललीले धन्यवाद दिँदै अञ्जलीको स्वास्थ्य लाभको कामना गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
-
अमेरिका र इरानबिचको तनाव शुक्रबार पनि कायमै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण