धेरैपछि गायिका अन्जु पन्तले यसरी खोलिन् आफ्नो जीवनको कहाली लाग्दो पीडा (भिडियोसहित)
हामी कुनैपनि मानिससँग केहि क्षण गरेको संगत र बाहिरि मुहार हेरेर कसैलाई परिभाषित गर्दै छौं भने गतल छौं । मुहारमा मुस्कान बोकेर मनमा आघात सहनेहरु प्रसस्तै छन् हाम्रो समाजमा । यस्तै मान्छे मध्येमा भेटिएकी छिन् चर्चित गायिका अन्जु पन्त ।
गायिका पन्त मात्रै होईन पछिल्ला केहि वर्ष यता नेपाली सांगीतिक क्षेत्रमा तहल्का मच्चाइरहेका संगीतकार अर्जुुन पोखरेलको पनि कथा उस्तै र उस्तै व्यथाका साथ बाहिरिएका छन् गीतकार रामप्रसाद दाहाल । गीतकार, संगीतकार र गायिकाको नाम एकैपटक एउटै पीडामा जोडिएपछि तपाईले बुझिसक्नुभएको छ यो गीत संगीतको कुरा हो भनेर ।
‘हरेक मानिसको जिन्दगी कहिन कतै दुखेको हुन्छ’ बोलको गीत मार्फत एकै पटक यी ३ को पीडा पोखिएको हो । त्यसो गीत संगीतको कुरा गर्दा नेपालमा मात्रै होईन विश्वमै प्रेमका गीतसंगीत सिर्जना हुने गरेका छन् । तर, गीतकार दाहालले यो गीतमा जिन्दगीको भित्री गहिराई र भोगाईका यथार्थतालाई प्रस्तुत गरेका छन् ।
राम्रो संगीत गर्ने संगीतकारको सूचीमा परेका संगीतकार पोखरेलले यो गीतलाई पनि उत्कृष्ठ बनाउने काम गरेका छन् । गायिका पन्तलाई त झन नेपाली सांगीतिक बजारमा मिलनका भन्दा धेरै पीडाका गीतले नै स्थापित गराका हुन् । यो गीत पनि उनको गलामा निक्कै खुलेको छ । समग्रमा प्रत्येक शब्दमा जिन्दगी गहिरो अर्थ बोकेको यो गीतमा शब्द, संगीत, स्वर र संगीतको तालमेल उत्कृष्ट देखिएको छ ।
गीतकार, गायिका तथा संगीतकारको जिन्दगीको यो फिलिङ्सलाई पर्दामा जिवन्त पार्ने काम भने पल शाह र बर्षा राउतले गरेका छन् । बर्षा र पललाई पर्दा यति गहिरोसँग डुुबाउने काम निर्देशक बिबर पोखरेलले गरेका छन् । गीतकार दाहालको बजारमा आउन लागेको एल्वम ‘सम्बन्ध’ भित्र समावेश यो गीतको अडियो भिडियोको बजार ब्यावस्थापन द डिभाइन म्युजिकले गरेको छ । अनिल के मानन्धरले छायाँकन गरेको गीतको भिडियोलाई टेकेन्द्र शाहले सम्पादन गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
-
अमेरिका र इरानबिचको तनाव शुक्रबार पनि कायमै
-
वर्तमान सरकारले दुई तिहाइको चमत्कार देखाउन सकेन: प्रभु साह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण