शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

एकैदिन ६ नायीकाहरुको बक्स अफिस भीडन्त

शुक्रबार, १२ चैत २०७२, १७ : ५२
शुक्रबार, १२ चैत २०७२

काठमाडौं–यही आउँदो वैशाख १० गते दुई चलचित्र प्रदर्शनमा आउँदैछ । यश कुमारको ‘बाटो मूनिका फूल २’ र माल्भिका सुब्बाको ‘हाउ फन्नी’ एकसाथ प्रदर्शनमा आउने भएको छ ।

यी दुई चलचित्र सँगै प्रदर्शनमा आउनु सामान्य भएतापनि वैशाख १० मा नायिकाहरुबीच भने असमान्य रुपमा प्रतिस्पर्धा हुँदैछ । असामान्य प्रतिस्पर्धा यसकारण कि ‘हाउ फन्नी’ र ‘बाटो मुनिको फूल २’ गरी यी दुई चलचित्रमा ३/३ जना गरी ६ नायिकाहरुले अभिनय गरेका छन् ।

चलचित्र ‘हाउ फन्नी’ मा निशा अधिकारी, केकी अधिकारी र प्रियंका कार्कीले अभिनय गरेका छन् भने चलचित्र ‘बाटो मूनिको फूल २’ मा ऋचा शर्मा, रिमा विश्वकर्मा र अशिष्मा नकर्मीले अभिनय गरेका छन् ।

सम्भवतः नेपाली फिल्म बजारमा यतिको संख्यामा हिरोइनहरुबीचको प्रतिस्पर्धा पहिलो पटक नै हो । यो प्रतिस्पर्धामा कुन हिरोइनको समूहले बाजी मार्ला त ? प्रदर्शन मिति वैशाख १० सम्म प्रतिक्षा गरौं ।

‘हाउ फन्नी’ हिरोइन समूहलाई नायकहरु दयाहाङ राई, अनुपविक्रम शाहीले साथ दिएका छन् भने ‘बाटो मुनिको फूल २’ का हिरोइनहरुलाई दिलिप रायमाझी, यश कुमार, बाबु बोगटी र अर्पण थापाले साथ दिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप