शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

स्ववियु निर्वाचन बारे छलफल

शुक्रबार, १२ चैत २०७२, १९ : ११
शुक्रबार, १२ चैत २०७२

काठमाडौँ– त्रिभुवन विश्वविद्यालय र विभिन्न विद्यार्थी सङ्गठनबीच स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनबारे छलफल भएको छ ।

नेपाल विद्यार्थी सङ्घ, अनेरास्ववियु (क्रान्तिकारी) र अखिल (क्रान्तिकारी) लगायतका विद्यार्थी सङ्गठन र त्रिभुवन विश्वविद्यालयका पदाधिकारीबीच भएको छलफलमा निर्वाचन प्रणाली, उमेर हदबन्दी र निर्वाचन मितिका बारेमा छलफल भएको अनेरास्ववियु (क्रान्तिकारी)का सचिव आरसी लामिछानेले जानकारी दिए ।

“कुनै विद्यार्थी सङ्गठनले उमेरको हदबन्दी २८ वर्ष भनेका छन् भने कुनैले पहिलेको सहमतिअनुसार एकपटकका लागि उमेर हदबन्दी नतोक्ने विचार राखेका छन्”– सचिव लामिछानेले भने ।

नेविसङ्घका प्रवक्ता युपी लामिछानेका अनुसार विद्यार्थी सङ्गठनको सहमतिका आधारमा त्रिविले आगामी वैशाख २० गते भित्रमा स्ववियु निर्वाचन कार्यतालिका सार्वजनिक गर्नेछ । प्रत्यक्ष वा मिश्रित निर्वाचन प्रणालीबारेमा समेत विद्यार्थी सङ्गठनबीच विवाद देखिएको छ ।

अखिल (क्रान्तिकारी)का सचिव तथा प्रवक्ता सुरेन्द्र बस्नेतले नयाँ विद्यार्थीलाई अवसर दिने हिसाबले उमेरको हदबन्दी २८ वर्ष तोकिनुपर्छ भन्ने हाम्रो सङ्गठनको अडान रहँदै आएको छ, भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप