हुम्लाको विकास भए देशकै मुहार फेरिने
काठमाडौँ– हुम्लाको विकासलाई निरन्तरता दिँदै नयाँ विकासका कार्यक्रम ल्याउनसकेमा सिङ्गो देशको मुहार फेर्न सकिने सम्बद्ध क्षेत्रका व्यक्तिले बताएका छन् ।
आज यहाँ आयोजित ‘हुम्लाको विकासमा नयाँ पहल’ विषयक कार्यक्रममा बोल्दै हुम्लाका सभासद् जीवनबहादुर शाहीले हुम्लामा बाटो, बिजुली, बजार र वनको उचित विकास गरी मुहार फेर्न सकिने बताए ।
योजना आयोगका सदस्य विजय कुँवरले हुम्लामा सिँचाइ गर्ने व्यवस्था गर्नसके स्थानीय उत्पादन बढाई भोकमरीको समाचार सुन्नपर्ने अवस्थाको अन्त्य हुने विचार राखे । राजनीति शास्त्री प्रा डा गोपाल शिवाकोटीले अभाव र पीडा हुम्लाको मात्र समस्या नभई नेपालको भएकाले विकासका लागि बाहिरको आशा गर्ने आशेबानी त्याग्नुपर्ने बताउँदै विकास गर्न र हुम्लाको अन्न व्यवस्थापन गर्नेतर्फ सरकारको ध्यान जानुपर्ने औँल्याए ।
वरिष्ठ पत्रकार भैरव रिसालले कर्णाली नदी नेपालको गौरव क्षेत्र भएको उल्लेख गर्दै त्यहाँका जनतामा सकारात्मक सोचको विकास गर्नु पर्ने धारणा राखे ।
पत्रकार दीपेन्द्र रोकायाले हुम्लाको विकासमा नयाँ पहलका सन्दर्भमा एक कार्यपत्र प्रस्तुत गर्दै हुम्ला एसियाको गन्तव्य हुने सम्भावना रहेको र त्यसका लागि सम्भावित उपायकाबारे सरकार गम्भीर हुनुपर्ने उल्लेख गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
-
अमेरिका र इरानबिचको तनाव शुक्रबार पनि कायमै
-
वर्तमान सरकारले दुई तिहाइको चमत्कार देखाउन सकेन: प्रभु साह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण