रोबोटबाट नेता पौडेल सम्मानित
काठमाडौँ–रोबोटबाट नेपाली काँग्रेसका युवा नेता प्रदीप पौडेल सम्मानित भएका छन् ।
प्राविधिक विद्यार्थी समूहले आज यहाँ आयोजना गरेको कार्यक्रममा पार्टीको १३औँ महाधिवेशनमा प्रविधिको प्रयोग गरी अत्यधिक मतका साथ केन्द्रीय सदस्यमा विजयी भएको भन्दै पौडेललाई सम्मान गरेको हो । पौडेललाई महाधिवेशनमा भोट मागेको रोबोटलाई प्रमुख अतिथि बनाई रोबोटमार्फत सम्मान गरिएको थियो ।
नेता पौडेलले काँग्रेसले देशमा भएका विभिन्न समयको आन्दोलनको नेतृत्व लिएको भन्दै अब प्रविधिको नेतृत्व पनि काँग्रेसले गर्नुपर्ने बताए । उनले भने– “हरेक राजनीतिक दल व्यवस्थित भए देश व्यवस्थित हुन्छ राजनीतिक दललाई व्यवस्थित बनाउन प्रविधिप्रेमी बनाउनु जरुरी छ ।”
प्राविधिक विद्यार्थी समूहका सभापति सुमधुर बरालले मोबाइलमा डाउनलोड गरेर सबै क्रियाशील सदस्यको नामावली हेर्न सकिने प्रविधिको विकास गर्न लागेको जानकारी दिए । उनले २१औँ शताब्दीमा प्रविधिको उच्चतम प्रयोग गर्नुपर्ने बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
-
अमेरिका र इरानबिचको तनाव शुक्रबार पनि कायमै
-
वर्तमान सरकारले दुई तिहाइको चमत्कार देखाउन सकेन: प्रभु साह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण