शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

नेपाली फुटबल टोली मलेसिया प्रस्थान

शुक्रबार, १२ चैत २०७२, १९ : ४७
शुक्रबार, १२ चैत २०७२

काठमाडौं–मलेसिया यु-२२ टोलीबिरुद्धको मैत्रिपूर्ण खेलका लागि २३ सदस्यीय नेपाली टोली आज मलेसिया प्रस्थान गरेको छ । अखिल नेपाल फुटबल संघ एन्फाका कार्यबाहक अध्यक्ष नरेन्द्र श्रेष्ठले नेपाली टोलीलाई विदाई गरेका हुन् ।

बिराज महर्जनको कप्तानीमा नेपाली टोलीले मलेसियाली युवा टोलीसँग आइतबार मैत्रिपूर्ण फुटबल खेल्नेछ ।  टोलीमा तीन गोलकिपर, नौ डिफेन्डर, छ मिडफिल्डर र पाँच फरवार्ड छन् । गोलकिपरमा विकेश कुथू, विशाल श्रेष्ठ र किरणकुमार लिम्बु छन् भने डिफेन्डरमा विजय धिमाल, विराज महर्जन, देवेन्द्र तामाङ, दिनेश राजवंशी, जितेन्द्र कार्की, कमल श्रेष्ठ, मनबहादुर तामाङ, रविन श्रेष्ठ र रन्जित धिमाल छन् ।

त्यस्तै, मिडफिल्डरमा विशाल राई, हेमन गुरुङ, जगजित श्रेष्ठ, प्रकाश बुढाथोकी, सुजल श्रेष्ठ र सुनिल बल समावेश छन् भने ‘फरवार्ड लाइन’ भरत खवास, विश्वास श्रेष्ठ, नवगुग श्रेष्ठ, रन्जन विष्ट र सुमन लामाले सम्हाल्ने छन् ।

प्रशिक्षकमा अघिल्लो महिनामात्र नेपाली टोलीको जिम्मेवारी पाएका जापानी पूर्वराष्ट्रिय खेलाडीसमेत रहेका कोजी छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप