अध्यक्ष वैद्यको प्रतिवेदनमा महासचिव थापाको फरक मत
काठमाडौँ– नेकपा (क्रान्तकारी माओवादी)को आजबाट सुरु भएको केन्द्रीय समितिको बैठकमा अध्यक्ष मोहन वैद्यले राखेको प्रतिवेदनमाथि फरक मत राख्दै महासचिव रामबहादुर थापाले अर्को प्रतिवेदन पेस गरेका छन् ।
बैठकमा अध्यक्ष वैद्यले एकीकृत नेकपा (माओवादी) सँग विचार र सिद्धान्तमा सहमति भएमात्रै एकता सम्भव भएको निष्कर्षसहितको प्रतिवेदन पेस गरेका छन् । प्रतिवेदनमा वैद्यले जनवादी क्रान्तिको कार्यदिशालाई जोड दिनुभएको छ भने थापाले राष्ट्रिय जनवादको नयाँ कार्यक्रम प्रतिवेदनमा ल्याएका छन् ।
महासचिव थापाले क्रान्तिकारी माओवादीबीचको एकता नै अहिलको आवश्यकता रहेको ठहर गर्दै नमिलेका विषयमा थप छलफल गर्दै अहिले एकतालाई जोड दिनुपर्ने प्रतिवेदनमा उल्लेख गरेका छन् ।
माओवादीका नेता देव गुरुङले आजको बैठकमा अध्यक्ष वैद्य र महासचिव थापाले वर्तमान परिस्थिति र एमाओवादी पार्टीसँगको एकताको विषयमा प्रस्तुत गर्नुभएको प्रस्तावबारे दुवै नेताले व्याख्या गरेको जानकारी दिए । उनले बैठकमा दुई वटा प्रतिवेदन नभई दुई वटा रिपोर्टमात्रै आएको जिकिर गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
-
अमेरिका र इरानबिचको तनाव शुक्रबार पनि कायमै
-
वर्तमान सरकारले दुई तिहाइको चमत्कार देखाउन सकेन: प्रभु साह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण