शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

चितवनमा बस पल्टियो, २१ घाइते

शनिबार, १३ चैत २०७२, १० : ४३
शनिबार, १३ चैत २०७२

चितवन– कृषक समूहलाई भ्रमणमा लिएर आएको बस अनियन्त्रित भई सडकमा पल्टिँदा २१ जना कृषक घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार दमकबाट काठमाडौँतर्फ जाँदै गरेको भे१ख १७९९ नम्बरको मिनिबस भरतपुर उपमहानगरपालिका–२ आँपटारीमा आज बिहान ३ः४० बजे दुर्घटना हुँदा बसमा सवार उनीहरु घाइते भएका हुन् ।

घाइतेमध्ये १० जनाको भरतपुर अस्पतालमा र ११ जनाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइतेमध्ये चार जनाको अवस्था मध्यम छ भने अन्यको अवस्था सामान्य रहेको छ ।

दमकस्थित नवजागरण कृषक समूहका कृषक भ्रमणका लागि आएको बस दुर्घटनामा परेको हो । चालक र बसलाई प्रहरीले नियन्त्रणमा लिएको छ । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप