शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

ग्यासको खोजीमा प्रहरीको विशेष टोली

शनिबार, १३ चैत २०७२, १० : ५४
शनिबार, १३ चैत २०७२
भक्तपुर- नाका खुल्ला भएको लामो समय बितिसक्दा पनि बजारमा ग्यासको अभाव नहटेपछि प्रहरीले त्यसको खोजी कार्य तीव्र बनाएको छ । प्रहरीले विशेष टोली परिचालन गर्दै ग्यास वितरक तथा डिपोमा विगत दुई महिनायता आएका र र त्यहाँबाट वितरण गरिएका ग्यास सिलिन्डरको विवरण सङ्कलनको कार्य थालेको हो । उपभोक्ताले बढी मूल्य तिरेर सिलिन्डरसहित खरिद गरे सहजै ग्यास पाउने अन्यथा नपाउने गरेको गुनासो गर्दै आइरहेका छन् । नियमित रुपमा ग्यास आपूर्ति नियमित हुन थालेपनि उपभोक्ताले ग्यास नपाएको भन्ने गुनासाका आधारमा महानगरीय प्रहरी आयुक्त कार्यालयको निर्देशन बमोजिम प्रहरीले ग्यासको विवरण सङ्कलन गर्न थालेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख प्रहरी उपरीक्षक किरण बज्राचार्यले बताउनुभयो । उहाँका अनुसार बिक्रेताले बढी मूल्य लिई बिक्री गरेको र ग्राहकलाई वितरण नगरी भण्डार गरेको पाइए कालो बजारी ऐन अनुसार कारवाही अगाडि बढाइने छ । उहाँले मातहतका सबै निकायलाई आफ्ना कार्यक्षेत्रभित्र भएका सबै ग्यास बिक्रेता र वितरकहरुको विवरण सङ्कलन गरी पेस गर्न र नियमित अनुगमन गरी ग्यास कालो बजारी रोकथाम गर्न निर्देशन दिइएको जानकारी दिनुभयो । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप