शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

अवैध मदिरा नियन्त्रणपछि नष्ट

शनिबार, १३ चैत २०७२, १२ : ४६
शनिबार, १३ चैत २०७२

सिन्धुली – अवैध रुपमा उत्पादन करिब पाँच सय पचास लिटर घरेलु मदिरा प्रहरीले शुक्रबार नियन्त्रणमा लिई नष्ट गरेको छ । सिन्धुली सदरमुकाम आसपासका केहि स्थानमा प्रहरीले छापामारी सो परिमाणको अवैध घरेलु मदिरा नियन्त्रणमा लिई नष्ट गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक निर्मल पनेरुले जानकारी दिए ।

अवैध रक्सी उत्पादन, ओसार–पसार बिक्री वितरणबाट सर्बसाधारणको स्वास्थ्यमा गम्भिर प्रभाव पर्नुका साथै कतिपय अवस्थामा दुसित घरेलु रक्सी सेवनबाट मानिसको मृत्यु समेत हुन सक्ने भन्दै प्रहरीले अवैध घरेलु मदिरा नियन्त्रणमा लिने प्रहरीले अभियान नै चलाएको छ ।

अवैध घरेलु मदिरा उत्पादन, ओसारप्रसार र बिक्री वितरणलाई नियन्त्रण गर्न र सोको कारोबारमा संलग्नहरुलाई कानुन बमोजिम कारबाही गर्ने प्रहरी कार्यालयले विशेष अप्रसान नै सञ्चालन गरिरहेको प्रहरी कार्यालयले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप