पोल गाडेको पाँच वर्ष बित्दासमेत बिजुली आएन्
इनरुवा–करिब पाँच वर्षअघि विद्युत् विस्तारका लागि खम्बा गाड्ने काम सम्पन्न भए पनि सुनसरी जिल्लाको घुस्की गाविस–७ स्थित रहेको मलाह बस्तीमा अझै बत्ती बलेको छैन ।
बिजुलीको खम्बा गाडे पनि तार जडान नहुँदा मलाह वस्तीका स्थानीय अन्धकारमा बस्न बाध्य भएका छन् । बत्ती बाल्न पाउने आश गरेका स्थानीय अझै पनि बत्ती बाल्न पाइने आशामा सीमित रहेका छन् । सरोकारवाला निकायले ध्यान नदिँदा र सरकारी निकायमा मलाह समुदायको पहुँच नपुगेकाले बत्ती बाल्नबाट वञ्चित हुनुपरेको स्थानीय रामेश्वर मलाहले गुनासो गरे ।
आफूहरुले तार जडानका लागि पटकपटक इनरुवास्थित नेपाल विद्युत प्राधिकरणको कार्यालयमा अनुरोध गर्दा केही दिनमा तार जडान हुन्छ भन्ने आश्वासन पाएपनि अहिलेसम्म पूरा नभएको स्थानीय अशोक मण्डलले बताए ।
यता गाविस सचिव राजकिशोर मेहताले प्राधिकरणमा आफूले समेत ताकेता गर्दा कहिले ‘समय छैन’ त कहिले ‘जनशक्ति अभाव’ भन्दै टारिँदै आएको बताए ।
तार जडान नहुँदा मलाह वस्तीका करिब २५ घर अन्धकारमा बस्न बाध्य छन् भने सिँचाइ, सञ्चार जस्ता आधारभूत सेवा उपभोग गर्नबाट पनि वञ्चित भएको सचिव मेहताको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
-
अमेरिका र इरानबिचको तनाव शुक्रबार पनि कायमै
-
वर्तमान सरकारले दुई तिहाइको चमत्कार देखाउन सकेन: प्रभु साह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण