शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

डढेलोका कारण वन्यजन्तुले बासस्थान छाडे

शनिबार, १३ चैत २०७२, १३ : ०४
शनिबार, १३ चैत २०७२

बाबियाचौर (म्याग्दी)– डढेलोका कारण म्याग्दीका वनजङ्गलबाट वन्यजन्तुहरु विस्थापित हुन थालेका छन् ।

जङ्गलमा आगलागी भएपछि वन्यजन्तुहरु परम्परागत बासस्थान छाडेर अन्यत्र जान थालेका हुन् । डढेलोका कारण आहरा र बासस्थान नष्ट भएपछि वन्यजन्तु र पक्षी आफ्नो बासस्थानबाट विस्थापित बनेका सहायक जिल्ला वन अधिकृत अजयविक्रम मानन्धरले बताए ।

उहाँका अनुसार सुक्खा मौसम र लामो खडेरीसँगै वनजङ्गलमा डढेलो लाग्ने क्रम बढेपछि वन्यजन्तुलाई बासस्थान र आहराको अभाव भएको छ । मृग, बाँदर, कालीज, दुम्सी, स्याल, चितुवालगायत वन्यजन्तु जङ्गलको बासस्थान छाडेर आहरा र बासको खोजीमा मानवबस्ती नजिक देखिन थालेका छन् ।

निस्कोट–३ छिसमा बिहीबार घाँस काट्न गएका स्थानीयले करिब एक महिनाको मृगको पाठा भेटाएर ईलाका वन कार्यालयलाई बुझाएका थिए । नजिकैको सामुदायिक वनमा डढेलो लागेपछि भाग्ने क्रममा अलपत्र अवस्थामा मानवबस्तीमा आइपुगेको उक्त मृगलाई शुक्रबार फेरि जङ्गलमै लगेर छाडिएको छ ।

वनरक्षक, प्रहरी, सामुदायिक वनका उपभोक्ता र स्थानीय अगुवाको रोहवरमा पाठोलाई जङ्गलमै लगेर छाडिएको ईलाका वन कार्यालय दरवाङका सहायक वन अधिकृत जयप्रकाश गुप्ताले जानकारी दिए ।

मानवीय लापरबाही र राम्रो घाँस पलाउने गलत धारणाका कारण डढेलो लगाउने चलन छ । म्याग्दीका धेरैजसो सामुदायिक र राष्ट्रिय वन डढेलोका कारण उजाड भएका छन् । डढेलो लगाउनेलाई जरिवाना तिराउनेलगायत कानुनी कारबाही हुने व्यवस्था भएपनि कार्यान्वयनमा आउन सकेको छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप