शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

बौद्धको सफाइमा जुट्यो नयाँ शक्ति

शनिबार, १३ चैत २०७२, १४ : ०७
शनिबार, १३ चैत २०७२

काठमाडौँ– ‘हरियाली काठमाडौँ, सफा काठमाडौँ’ भन्ने नाराका साथ २४ हप्ते काठमाडौँ सफाइ अभियान सुरु गरेको नयाँ शक्ति नेपालले आज विश्व सम्पदा स्थल बौद्ध क्षेत्रको सफाइ गरेको छ ।

यही चैत ६ गते शनिबार विश्व सम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रबाट सुरु भएको अभियानको दोस्रो साता आज बौद्ध क्षेत्रको सफाइ गरिएको हो । काठमाडौँ महानगरपालिका वडा नं ६ बौद्ध स्तुपबाट गोकर्णेश्वर नगरपालिकाको जोरपाटी चोकसम्म गरिएको सहर सफाइबाट पाँच ट्रक फोहर निकाली व्यवस्थापन गरिएको अभियानकर्मी नीरज लामाले जानकारी दिए ।

कार्यक्रमको शुभारम्भ गर्दै नयाँ शक्तिका सचिवालय सदस्य गङ्गानारायण श्रेष्ठले उपत्यकालाई सफा बनाउने २४ हप्ते कार्यक्रमअन्तर्गत दोस्रो साता बौद्ध क्षेत्रको सफाइ गरिएको बताए । “अर्को हप्ता विश्व सम्पदा सूचीमा सूचीकृत पाटन क्षेत्रको सफाइ गरिनेछ, क्रमशः उपत्यकामा रहेका विश्व सम्पदा क्षेत्रको सफाइ गरी सहर सफा गर्न जुट्नुपर्छ भन्ने सन्देश प्रवाह गर्नेछौँ”– उनले भने ।

सफाइमा स्थानीयवासीको उत्साहजनक सहभागिता थियो । दुई वर्षअघि वागमती सफाई महाअभियान सुरु गरेर वागमतीको शुद्धीकरणमा योगदान पुगेजस्तै काठमाडौँलाई आदिकवि भानुभक्तको शब्दमा ‘अमरावती कान्तिपुरी नगरी’ बनाउन जनचेतना जगाउने उद्देश्यले अभियान सुरु गरिएको अभियानकर्मी लामाले राससलाई जानकारी गराए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप